काठमाडौं, ७ भदौ । कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औ महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौने पाँच करोडभन्दा बढी खर्च भएको हो ।
नेविसंघले लागेको कुल खर्च ननिकाले पनि तीन हजार प्रतिनिधि प्रत्येकका लागि १२ दिनसम्म खान र बस्न चार करोड ३२ लाख र अरू तयारीका लागि ५० लाखजति खर्च भएको हो ।
अनुमानितभन्दा साढे तीन करोड बढी खर्च
नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर, महाधिवेशन लम्बिांदै जाँदा तीन करोडभन्दा बढी खर्च भएको छ ।
अध्यक्षका रूपमा नेविसंघको महाधिवेशन सम्पन्न गराएका अध्यक्ष रञ्जित कर्णले खान, बस्न र महाधिवेशन तयारीका लागि पााच करोडसम्म लागेको जानकारी दिए । ‘
चार दिनका लागि हाम्रो अनुमानित खर्च बढीमा दुई करोड, नत्र एक करोड ८६ लाखमा सकाउने भन्ने थियो,’ कर्णले नयाँ पत्रिकासाग भने, ‘तर, तीन दिनको महाधिवेशन १२औा दिनसम्म लम्बिएपछि पाँच करोडजति खर्च भयो । अब केही दिनमा कति खर्च लाग्यो, अन्तिम हिसाबकिताब निकाल्छौँ ।’
माउ पार्टीको भन्दा बढी खर्च
कांग्रेसले झन्डै ३२ सय प्रतिनिधिसहित तीन दिनमा सकाएको १३औा महाधिवेशनमा झन्डै चार करोड २० लाख रुपैयाा खर्च भएको थियो । तर, आफ्नै विद्यार्थी संगठनको महाधिवेशनमा चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।
नेविसंघको महाधिवेशन प्रतिनिधि संख्या र केन्द्रीय समिति पार्टीको भन्दा धेरै र ठूलो छ । कांग्रेसका ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति छ भने नेविसंघमा २८ पदाधिकारी र एक सय ५१ सदस्यीय कार्यसमिति बन्दै छ । बस्नैका लागि एक करोड ९८ लाख नेविसंघमा तीन हजारका लागि काठमाडौंका विभिन्न होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
निर्धारित २३ देखि २५ साउनसम्मका लागि सुरुमा होटेल बुक गरिएको थियो । तर, पछि १२ दिनसम्म लम्बियो । प्रतिदिन होटेलमा एकजना सुत्न पाँच सय ५० रुपैयाामा सम्झौता भएको नेविसंघ कोषाध्यक्ष शिव रिमाल बताउँछन् ।
प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलवार ०६:४४