काठमाडौं, ४ भदौ माओवादी केन्द्रले पार्टीको महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ । महाविधेशन स्थगित गर्ने विषयमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय बैठकमा लिखित प्रस्ताव राखेका थिए ।
प्रचण्डको प्रस्तावलाई केन्द्रीय कार्यालय बैठकले अनुमोदन गरेपछि महाधिवेशन स्थगित भएको हो । महाधिवेशनको सांगठनिक कार्ययोजनालाई बदलिएको नयाा राजनीतिक कार्यायोजनासँग मिलाउनुपर्ने भएकाले महाधिवेशन स्थागित गर्ने प्रस्ताव प्रचण्डले गरेका थिए ।
माओवादीले २३ पुसदेखि पार्टी एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारको नेतृत्व र स्थानीय तहको निर्वाचन कारण पार्टी नेतृत्वले सरकारको नेतृत्व गर्ने अवस्था आएको, सरकारको प्राथमिकतामा स्थानीय तहको निर्वाचन रहेकोजस्ता कारण पनि संगठनात्मक काम र राजनीतिक कामलाई जोडेर अगाडि बढाउनुपरेकाले महाधिवेशन स्थगितको निर्णय भएको माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको निजी निवास लाजिम्पाटमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले तिहारअघिसम्म पार्टी सदस्यता नवीकरण गर्ने, सदस्यहरूको अभिलेख तयार पार्ने र कात्तिकमा पार्टीको राष्ट्रिय भेला गर्ने गरी कार्ययोजनासमेत बनाउने विषयमा छलफल चलेको अर्का नेता हरिबोल गजुरेलले बताए ।
‘तिहारअगाडिसम्म सदस्यता नवीकरण गर्ने, अभिलेख राख्ने काम गर्ने र राष्ट्रिय भेला गर्दै महाधिवेशनमा जाने निर्णय भएको छ,’ गजुरेलले नयाा पत्रिकासाग भने ।
राष्ट्रिय भेला पनि स्थगित
माओवादी केन्द्रले महाधिवेशन मात्रै होइन, पार्टीको राष्ट्रिय भेला पनि स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न उसले आयोजक समिति सदस्यहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । महाधिवेशन नै स्थगित गर्ने निर्णय गरेपछि राष्ट्रिय भेला तत्काल गर्न आवश्यक नदेखिएकाले भेला पनि स्थगित गर्ने निर्णय भएको माओवादी केन्द्रको भनाइ छ ।
राष्ट्रिय भेला ११ भदौबाट काठमाडौंको भृकुटीमण्डपमा बोलाइएको थियो । अब भेलाको साटो उसले सातवटै प्रदेशमा प्रदेशस्तरीय बैठक आयोजना गर्नेछ । त्यस्तो बैठकमा केन्द्रीय कार्यालयका सदस्य तथा प्रदेशमा रहेका पार्टी आयोजक समितिका सदस्यहरूको सहभागिता रहने नेताहरूले जनाएका छन् ।
राष्ट्रिय भेलाको तयारी नपुगेको, आयोजक समिति सदस्यहरूको संख्या अझै पनि टुंगी नसकेकोजस्ता कारण राष्ट्रिय भेला स्थगित गर्नुपरेको नेताहरूको भनाइ छ । राष्ट्रिय भेला भने अब कात्तिकतिर गर्न सकिने गरी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका छन् । ‘भेला असोज–कात्तिकतिर तयारी गरेर गर्ने कि भनेर अहिलेलाई स्थगित गरिएको हो, अलिक तयारी गरेर अयोजना हुन्छ,’ गजुरेलले भने ।
प्रकाशित मिति: ४ भाद्र २०७३, शनिबार ०७:१२