काठमाडौ १ भदौ – अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७२/७३ मा मार्जिन लेण्डिङमा वाणिज्य बैङ्कहरूको लगानी ५० दशमलव ७० प्रतिशतले बढेको छ । अघिल्लो आवमा यो क्षेत्रमा बैङ्कको लगानी रू. १८ अर्ब ९४ करोड रहेकोमा गत असारसम्म बढेर रू. २८ अर्ब ५५ करोड पुगेको छ । बैङ्कहरूले प्रकाशित गरेको गत आवको वार्षिक वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो ।
सो अवधिमा मार्जिन लेण्डिङमा बैङ्कहरूको लगानी बढे पनि यो रकम कुल कर्जाको करीब २ प्रतिशत मात्र हुन आउ“छ । शेयरबजारको वृद्धिस“गै बैङ्कहरूले पनि शेयर धितोमा कर्जा बढाएका छन् । तर, उक्त अवधिमा बैङ्कहरूको अन्य कर्जा तथा लगानी पनि धेरैले बढेकाले कुल कर्जामा मार्जिन लेण्डिङको अनुपात कम देखिएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।
यस्तै, गत चैतसम्मको तुलनामा वाणिज्य बैङ्कहरूको मार्जिन लेण्डिङ कर्जा करीब रू. ७ अर्बले बढेको छ । गत चैतसम्ममा बैङ्कहरूको यस्तो कर्जामा रू. २१ अर्ब ६२ करोड रहेको थियो । ३ महीनाको अवधिमा सो लगानी ३० दशमलव ४८ प्रतिशतले बढेर गत असारसम्म साढे २८ अर्ब पुगेको हो ।
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाले आक्रामक रूपमा मार्जिन कर्जा विस्तार गर्न थालेका छन् । बैङ्क तथा वित्तीय क्षेत्रमा रहेको अधिक तरलताका कारण केही महीनायता ब्याजदर न्यून अवस्थामा छ । साथै लगानीका अन्य क्षेत्रको राम्रोस“ग विकास हुन नसकेकाले बैङ्क तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था आएको हो । यसैकारण लगानीको ठूलो अंश शेयरबजारमा आएको हो । केही महीनादेखी शेयरबजार वृद्धिको बाटोमा रहेकाले बैङ्कहरू शेयरमा लगानी बढाउन प्रोत्साहित भएका थिए । सोही कारण यो क्षेत्रमा बैङ्क लगानी बढेको हो ।
असार मसान्तसम्ममा कुल २९ वाणिज्य बैङ्कमध्ये २५ बैङ्कले मात्रै मार्जिन कर्जा प्रदान गरेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र कृषि विकास बैङ्कले भने शेयर धितोमा कर्जा प्रवाह गरेका छैनन् । गत वैशाखदेखि मात्रै शेयर धितोमा कर्जा दिन थालेको नबिल बैङ्कले रू. ८९ करोड ३९ लाख लगानी गरेको छ ।
गत आवको वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेण्ट बैङ्कको मार्जिक कर्जा सबैभन्दा धेरैले बढेको देखिन्छ । अघिल्लो आवको तुलनामा यो बैङ्कले यस्तो कर्जा १२ गुणाले बढाएर रू. ६० करोड ३६ लाख पुर्याएको छ । तर, रकमको आधारमा भने एनआईसी एशिया बैङ्कले सबैभन्दा धेरै अर्थात् रू. ४ अर्ब १४ करोड मार्जिन लेण्डिङ कर्जा प्रवाह गरेको छ । बैङ्कले पछिल्लो समयदेखि शेयर धितो कर्जा र डिम्याट अकाउण्टलाई प्राथमिकतामा राख्दै प्रचारमा जोड दिएको थियो ।
प्रकाशित मिति: १ भाद्र २०७३, बुधबार ०७:२२