अष्ट्रेलिया, ३२ साउन ।
प्रजातान्त्रिक बिचार बोक्ने बौद्धीक जमातहरुको संगठनका रुपमा चिनिएको नेपाल अस्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडीएफ)को नयाँ नेतृत्व चयन सीड्नीमा सम्पन्न भएको छ । दुइ दशकको इतिहास बोकेको एनएडीएफ बलियो प्रवासी संगठनका रुपमा अस्ट्रेलियामा परिचित रहेको छ ।
यस पटकको निर्वाचनवाट शैक्षिक परामर्शदाता विवेक थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिबमा माधब गैहे, सचिवमा थानु शाक्य, कोषाध्यक्षमा सत्य प्रकाश कंडेल, पब्लिक अफिसरमा अर्जुन केसी, यूवा संयोजकमा रामजी बस्नेत सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यसैगरी सर्वसम्मत रुपमा निर्वाचित हुने सदस्यहरुमा नन्द गुरुङ, परशुराम अधिकारी, प्रकास जिसी, जितेन्द्र सापकोटा, रमेश जोशी, प्रकाश अर्याल, रोहित खड्का, उद्धब भट्ट, पूर्ण लिम्बु र प्रमिता शर्मा रहेका छन् ।
संस्थाले सेप्टेम्बरमा २४ मा भब्य हस्तान्तरण समारोह राखि निर्वाचित नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने निर्वतमान अध्यक्ष बालचन्द्र भट्टराईले बताए ।
नयाँ समितिलाई बधाई दिने क्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले प्रजातन्त्रिक विचार बोक्ने यो संस्थाको गरिमा र महत्वलाई बचाइराख्न नयाँ नेतृत्वलाई आग्रह गरे । उनले इतिहास बोकेको यो संस्थासँग जोडिएको भावना र आवद्धता बचाउनु अहिलेको आवश्यकता रहेको जिकिर गरे ।
नव निर्वाचित समितिलाई एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, ओशिनिया संयोजक महेन्द्र लम्साल नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी, नव निर्वाचित अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्सका अध्यक्ष निरज श्रेष्ठ, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, मेलवर्न प्रतिनिधि तथा एनआरएनका सचिव टोनु घोताने, ब्रिसबेनवाट आएका एनआरएनका क्वीन्सल्यान्ड संयोजक अभिमान सिंह बस्नेत, नारायण कोईराला, एनआरएनएका कोषाध्यक्ष डिला खरेल तथा निर्वाचन अधिकृत छबि सापकोटा, लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । प्रजातान्त्रिक मुल्य र मान्यताका लागि आफु कुनै कुरामा पनि पछि नहट्ने नवनिर्वाचित अध्यक्ष थापाले प्रतिवद्धता ब्यक्त गरे ।
प्रकाशित मिति: ३२ श्रावण २०७३, मंगलवार १७:५४