काठमाडौं, ३२ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि ८ जनाको उमेदवारी दर्ता भएको छ । निर्वाचन समितिका सदस्य कृष्ण पनेरुका अनुसार सबै पदमा गरी ६८५ जनाले उमेदवारी दर्ता गराएका छन् । संघको १५१ सदस्यीय कार्यासमितिमा अध्यक्ष महामन्त्री सहित १२९ जनाको निर्वाचनद्धारा चुनिने प्रावधान छ । मंगलबार दिउँसोसम्म मनोनयनको समय तोकिएको थियो । अध्यक्ष पदका लागि मनोजमणि आचार्य, नैनसिंह महर, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, पद्मराज पन्त, नगेन्द्र सिंह ठकुरी, शुभराम बस्नेत र वचन कार्कीले उमेदवारी दिएका छन् । निर्वाचन समितिले मंगलबार दिउँसो १२ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।
उमेदवारको नामावली प्रकाशन, दाबी संशोधन, उमेदवारको दोस्रो नामावली प्रकाशन, मनोनयन पत्रमा दाबी विरोध, दाबी विरोधपछिको नामावली प्रकाशन, उमेदवारीको नामावली फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतका सबै काम आजै बेलुकासम्म सक्ने निर्वाचन समितिको तयारी छ ।
मतदान बुधबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा हुने तय भएको छ ।त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टरार्इ र शंकर पौडेललको उम्मेदवारी परेको छ । कोषाध्क्षमा शिव रिमाल, अन्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टरार्इले उमेदवारी दिएका छन् ।
प्रकाशित मिति: ३२ श्रावण २०७३, मंगलवार १५:१६