“प्रशासन कसले चलाउने ? लौ न उपाय भए पाऊँ । यसरी आफ्नै सचिवलाई सरुवा गर्न हिँड्नेलाई माननीय मन्त्रीहरुले किन ढोकाबाट निकाल्न सक्नुहुन्न ? यस्तालाई आफ्नो कार्यकक्षमा किन निषेध गर्न सक्नुहुन्न ?” उनले एकपछि अर्काे प्रश्न गरिरहे ।
“सुरु सुरुमा आफूलाई त भौतिक पूर्वाधारको विकासमा पहाडै फोर्न सकिन्छ जस्तो लाग्थ्यो तर अहिले सकिँदैन जस्तो लागिरहेछ” उनले सुनाए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, ऊर्जा, जलस्रोत मन्त्रालयमा सहसचिव हुँदै सचिव भएका कार्कीले भने – “राजनीतिकर्मी, प्रशासक, जनता सबैको व्यक्तिगत सोचभन्दा राष्ट्रिय सोच नभएसम्म सुधार हुने र गर्ने ठाउँ रहन्न ।”
“सभापतिज्यू, माननीय सांसदज्यू, अहिले प्रशासनमा डर, भर भन्ने केही छैन, कम्तीमा आफूभन्दा माथिको आदेश मान्ने, तलकाको कुरा सुन्ने र माथिको डर त होओेस् नि ? केही छैन” – सचिव कार्कीले आफ्ना कुरा राख्ने क्रममा बताए ।
सचिव कार्कीले आफ्नो भनाइ राखिसकेपछि समितिका सभापति रवीन्द्र अधिकारीले राजनीतिक अस्थिरताको असर प्रशासनमा पर्न नदिन समितिले सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने – “निरास नहुनुहोस् सचिवज्यू, आफ्नो क्षमता देश र जनताका लागि उपयोग गर्नुहोस्, कसले के भन्छ, यसका पछाडि लागेर सम्भव हुँदैन ।”
रासस