सुर्खेत, ३२ साउन । जिल्ला अदालत सुर्खेतले सुनाएका दण्ड जरीवाना ३ करोड बढी रकम उठाउन बाँकी रहेको छ । आर्थिक वर्ष ०७२/०७३ मा ३ करोड ३४ लाख ७१ हजार रुपैयाँ बराबरको जरीवाना उठाउन बाँकी रहेको जिल्ला अदालत सुर्खेतले जनाएको छ । ०७२/७३ मा ४४ लाख ३ हजार रुपैयाँ जरीवाना असुल गरेको छ ।
आर्थिक वर्ष ०७२/७३ अवधिमा विभिन्न मुद्दाको फैसलाबाट तोकिएको जरीवाना ४४ लाख २५ हजार ८ सय ४१ रुपैयाँ रहेको र अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएको तीन करोड ३४ लाख ४८ हजार सात सय १५ रुपैयाँ गरी ३ करोड ७८ लाख ७४ हजार जरीवाना रहेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।
जिल्ला अदालत सुर्खेतले एक वर्षको अवधिमा तीन सय ६४ वर्ष चार महिना बढीको कैद पनि असुल गरेको छ । यस अघि सरी आएको १२ सय २७ वर्ष बढी कैद र गत आर्थिक वर्षको तीन सय २८ वर्ष बढीको कैद गरी १५ सय ६५ वर्ष बाट घटाएर १२ सय ९२ वर्षमा पु¥याएको श्रेष्तेदार वीरेन्द्र बहादुर मल्लले जानकारी दिए ।
जिल्ला अदालत सुर्खेतले गत आर्थिक वर्षमा लक्ष्य अनुसार नै मुद्दाहरुको फछर्याैट गरेको जनाएको छ । गत आर्थिक वर्षमा ६ सय ४६ वटा मुद्दाहरुको टुङ्गो लगाएको अदालतले जनाएको छ । जसमा ४ सय ९० वटा नयाँ मुद्दाहरु रहेका छन् भने बाँकी एक सय ५६ वटा मुद्दाहरु जिम्मेवारी सरी आएका मुद्दाहरु हुन् ।
फैसला हुन बाँकी रहेका मुद्दाहरु तीन सय ४० वटा रहेका छन् । गत आर्थिक वर्षको फछ्र्याैट दर ६५ प्रतिशत रहेको छ । जिल्ला अदालतले सामान्य तया ६० प्रतिशत मुद्दाहरु फछ्र्यौट गर्ने लक्ष्यका साथ काम गर्ने गरेको श्रेष्तेदार मल्लले बताए । अब एक वर्षदेखि १८ महिना सम्मका मुद्दाहरु पनि निकै कम मात्रामा बाँकी रहेको उनको भनाई छ ।
आर्थिक वर्ष ०७३/७४ को अनुमानित मुद्दाको लगत फछर्याैट सहितको वार्षिक कार्य योजना तालिका समेत सार्वजनिक गरेको छ । अनुमानित मुद्दाको लगत संख्या ७ सय ५८ र अघिल्लो वर्षको जिम्मेवारी सरी आएको ३ सय ४० गरी एक हजार ९८ मुद्दा रहने र त्यसको ७० प्रतिशत मुद्दा फछर्याैट गर्ने लक्ष्य रहेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति: ३२ श्रावण २०७३, मंगलवार १४:१४