काठमाडौं, ३१ साउन निर्माण कार्य रोक्न भन्दै सर्वोच्च अदालतले एकपछि अर्को आदेश दिन थालेपछि काठमाडौं उपत्यकाभित्रका सडक विस्तारको काम ठप्प बन्न पुगेको छ । सर्वोच्चको आदेशपछि चक्रपथको कोटेश्वर–कलंकी सडकखण्ड, त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्ड, चाबहिल–जोरपाटी–सााखु सडकखण्ड र चोभार–दक्षिणकाली सडकखण्डको निर्माण कार्य ठप्प बन्न पुगेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
सडक विस्तारका क्रममा घरजग्गा मिचिएको भन्दै स्थानीयले हालेको मुद्दाका कारण निर्माण कार्य रोकिन पुगेको हो । मापदण्ड मिचेर बनाइएका संरचना भत्काएपछि विरोध विभागका अनुसार राजमार्गमा केन्द्रबाट २५ मिटर दायााबायाा कुनै पनि संरचना निर्माण गर्न पाइादैन ।
त्यसलाई परिमार्जन गरी २२ मिटर दायााबायाा संरचना बनाउन नपाइने भनिएको छ । काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सहरका भित्री राजमार्गमा सडकको केन्द्रबाट ११ मिटर दायााबायाा कुनै पनि संरचना बनाउन नपाइने भनेको छ । सडक विभागले सडक विस्तारका क्रममा सोही मापदण्डभित्र निर्माण भएका संरचना भत्काउादै आएको छ ।
स्थानीयले सडक विभागले गर्दै आएको सोही कार्यको विरोध गरेका हुन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख मनोज श्रेष्ठका अनुसार मापदण्ड मिचेर बनाइएका संरचना मात्रै भत्काउन खोजिएको हो । ‘राजमार्गको राइट अफ वे २५–२५ मिटर हो । यसलाई पनि घटाएर २२–२२ मिटरमा झारिएको छ । अर्थात् सडकको दायााबायाा २२–२२ मिटरभित्र बनेका संरचना मात्रै भत्काउन खोजिएको हो ।
सहरभित्रका सडकमा त अझ ११–११ मिटरभित्र बनेका संरचना मात्रै भत्काउने खोजिएको हो । तर, स्थानीयले यसको पनि विरोध गरे,’ श्रेष्ठले भने । कुन सडक कति लागतमा बन्दै छन् ? सडक विभागका प्रवक्ता दयाकान्त झाले सर्वोच्चको आदेशपछि सडक विस्तारको काम रोकिन पुगेको जानकारी दिए ।
प्रकाशित मिति: ३१ श्रावण २०७३, सोमबार ०६:५८