समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन भएका हुन् । बाँकी उद्योग बन्द रहेको घरेलुले जनाएको छ ।
चियाका ७९ वटा, राइस मिल २६२ वटा, कम्प्युटर प्रशिक्षणका ६३, दूध डेरीका १७० वटा उद्योग सञ्चालमा आएका छन् । यसैगरी निर्माण व्यवसायीतर्फ १०९, सिलाइ कटाइ १२९, हाउस वाइरिङका १८, ग्रिल तथा काष्ठ फर्निचर ६८, ब्युटिपार्लर ५३ र विविध ५०१ गरी एक हजार ४५२ वटा मात्र उद्योग सञ्चालन भएका हुन् ।
दर्ता भएका उद्योगमध्ये एक हजार ३८५ वटा उद्योग नियमित नवीकरणसमेत नभएको र निष्क्रिय रहेका कतिपय उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नवराज राउतले बताए ।
उद्योग दर्ता गर्नेमध्ये थोरैले मात्र उद्योग/व्यवसाय राम्रोसँग सञ्चालन गरेको राउतले जानकारी गराउनुभयो । समितिले माइमझुवा गाविसमा मौरीपालन तथा मह प्रशोधन तालिम, इलाम नगरपालिकामा आधुनिक सिलाइ कटाइ, माइपोखरीमा फ्रेविक पेन्टिङ, देउमाई नगरपालिकामा प्लम्विङ र महमाई गाविसमा हाउस वाइरिङ तालिम दिइने जनाएको छ ।
गत चालु आवमा रु तीन लाख बजेटबाट २० जना लघुउद्यमीलाई आर्थिक सहयोग गर्ने जनाइएको छ । आर्थिक पहुँच नभएका, दलित, अपाङ्ग, आदिवासी, विपन्न उद्यमीलाई व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने कार्यालयले जनाएको छ ।
रासस