जुम्ला, २९ साउन ।
जुम्लाका सरोकारवाला निकायले वल्र्डभिजनले जिल्लामा मनपरी रुपमा काम सञ्चालन गररहेको बताएका छन । उनीहरुले दुर्गम स्थानमा भन्दा पनि सुगम क्षेत्रका कार्यक्षेत्र वनाएर दुर्गम क्षेत्रको नाममा कार्यक्षेत्र बनाएको आरोप लगाएका छन् ।
नयाँ कार्यक्रमको कार्यक्षेत्र अनुमोदनका लागि वसेको समन्वय वैठकमा सरोकारवालाले वल्र्डभिजनले जिल्लाको कसैसँग पनि समन्वय नगरेर कार्य सञ्चालन गरि
रहेको भन्दै अहिले सम्मका कामको प्रभावकारी कार्यन्वयन हुन नसकेको पनि वताएका छन् ।
स्थानीय विकास अधिकारी राजेश पौडेलले जुम्लामा वल्र्डभिजनले समन्वय नगरी मनपरी कार्यक्रम सञ्चालन गरेको पाइएको बताए । उनले आफुले मन लागेको स्थानमा कार्यक्रम सञ्चालन गरेको र मन नलागेको स्थानमा कार्यक्रम सञ्चालन नगरेको पाइएको बताए । वल्र्डभिजनलाई लक्षित गर्दै जिल्लाको अति दुर्गम मानिएका मालिकाठाटाँ, घोडेमहादेव र पातारासीलाई किन कार्यक्रमले छुन नसकेको ? यहाँ कार्यक्रम सञ्चालन नगर्नुको आधार के छन ? उनले प्रश्न गरे ।
स्थानीय विकास अधिकारी पौडेलले सोधेको प्रश्नको उत्तर कर्मचारीले फर्काउन नसकेपछि प्रस्ताव गरिएको कार्यक्रमको कार्यक्षेत्र अनुमोदन हुन सकेन । वैठकले अहिले प्रस्तावित कार्यक्षेत्रको पुनःमूल्यांकन नगरेसम्म कार्यक्षेत्रको टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम लागु नहुदा सम्म कसैलाई सिफारिस नगर्ने जिल्ला विकास समितिले जनाएको छ ।
स्थानीय विकास अधिकारी पौडेलले भने, ‘सहजमा जसले पनि काम गर्छन तर दुर्गम यातायातको पहँुच नभएको गाउँमा तपाईको कार्यक्रम लागु हुन प¥यो ।’ वल्र्डभिजनले प्रस्ताव गरेका नयाँ कार्यक्रम सञ्चालनका लागि महावैपातरखोला, कालिकाखेतु, वड्की, नराकोट र धापा गाविस अनुमोदनका लागि वैठकमा पेश गरेको थियो । तर राजमार्गसँग जोडिएका गाविस मात्रै छनौटमा परेकोले अहिले अनुमोदन गर्न नसकिने वैठकमा सहभागिले जानकारी दिए ।
सबै सुगम क्षेत्रमा कार्यक्रम सिमित रहेको भन्दै दुर्गम गाविसलाई नसमेट्दासम्म अनुमोदन हुन नसक्ने स्थानीय विकास अधिकारी पौडेलले अडान लिएपछि पुनःमुल्यांकन गरेर अर्को वैठक गर्ने गरी विना निष्कर्ष टुगिंयो छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले अहिलेसम्म वल्र्डभिजनले समन्वयकारी भूमिका नखेली आफुले मनोपोली रुपमा कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले कार्यक्रम दुर्गम क्षेत्रमा नपर्नुको कारण र छनौटका आधारहरु बारेमा स्पष्ट नहुन्जेलसम्म कार्यक्रम स्वीकृत नगर्ने बताए ।
नेपाली काँग्रेसका सचिव कार्मा वुढाले सहज ठाउँमा हात हालेर वल्र्डभिजनले दुर्गम क्षेत्रका जनताको विकासका नाममा ल्याएको कार्यक्रमको दुरुपयोग गरिरहेको आरोप लगाए । उनले सडकले नछोएका गाविसमा किन जान मन पराउदैनन भनी प्रश्न गरे ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले आईएन्जीओले एनजीओलाई गाउँको मुखिया जस्तो व्यवहार गर्ने गरेको भन्दै कुनै पनि कार्यक्रमको वारेमा समन्वय नगरेको बताए । उनले यहि तरिकाले अघि वढे आईएनजीओसँग स्थानीय गैरसरकारी संस्था प्रतिवादमा उत्रन बाध्य हुने बताए ।
अहिले वल्र्डभिजनले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, वाल संरक्षण र दैविप्रकोप पूर्वतयारी तथा व्यवस्थापन कार्यक्रमहरु सञ्चालन गर्दै आइ रहेको छ । नेकपा एमालेका सचिव आदी प्रसाद न्यौपानेले वल्र्डभिजनले संकलन गरेको तथ्यांक सहि नभएको वताए । उनले जनसंख्या देखि हरेक रुपमा कार्यक्रम छनौटमा वल्र्डभिजन चुकेको बताए ।
वल्र्डभजिनको प्रस्तावले हलमा सहभागिका सवैको चाहनाको सम्बोधन गर्न नसकेको भन्दै सवैलाई मान्यहुने गाविस छनौट गरेर ल्याउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: २९ श्रावण २०७३, शनिबार १७:४९