वर र पीपल रोपी कार्यक्रमको शुभारम्भ गर्दै पूर्वसभामुख सुवास नेम्वाङले वृक्षरोपणले वातावरणीय सन्तुलनमा योगदान गर्ने बताए ।
“वातावरणीय सन्तुलन बिना मानव जीवन सम्भव नभएकाले जीवनकै लागि पनि रुख रोपिनुपर्छ, खाली डाँडामा वृक्षरोपण गरेर हरियाली बनाए जलवायु परिवर्तनको समस्याबाट पनि मुक्ति पाउन सकिन्छ, कालो बन्दै गएको हिमाललाई सेतो बनाउन यस्ता अभियानले सहयोग पु¥याउँछ”–उनले भने ।
नेकपा (एमाले) का नेता नेम्वाङले संविधान कार्यान्वयनका लागि सबै दलकाबीचमा मेलमिलापको वातावरण बन्नुपर्नेमा जोड दिए ।
काठमाडौँ २ बाट निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलले भूकम्पबाट जीवन गुमाएका प्रत्येक व्यक्तिको नाममा गाउँगाउँका खुला डाँडामा वृक्षरोपण गर्ने अभियान चलाउन सके भूकम्पको स्मृति ताजा रहनुका साथै वातावरणीय स्वच्छतामा पनि योगदान पुग्ने धारणा राखे ।
काठमाडौँ ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले वृक्षरोपण गर्दा पाँच फिट अग्ला बिरुवा रोपे हुर्काउन सजिलो हुने अनुभव सुनाए ।
कार्यक्रममा राष्ट्रिय सहिद स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, एमाले काठमाडौँका कावा अध्यक्ष कृष्ण राई, सामुदायिक वनका अध्यक्ष राजेश कट्टेललगायतले खुला स्थानलाई हरियो जङ्गलमा परिणत गर्न युवाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।
सो अवसरमा सात फिटभन्दा अग्ला वर, पीपल, कपूर, धुपी, काइँयोलगायत जातका २४ विरुवा रोपिएको थियो । गत वर्षको भूकम्पमा जीवन गुमाएका नगरपालिकाका १९ जनाको स्मृतिमा कार्यक्रमका अतिथिले वृक्षरोपण गरे ।
यसैगरी राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णमा पनि युवा दिवसकै अवसरमा लायन्स क्लब अफ अरनिकोको आयोजनामा जाकन्डा, कल्की, कपूर, धुपीलगायत जातका ६० वृक्षरोपण गरिएको छ ।
रासस