सुर्खेत, २८ साउन ।
भू–क्षयको उच्च जोखिममा परेका सुर्खेतका गाविस र नगरपालिकाका क्षेत्रमा तटबन्ध गर्न थालिएको छ । जिल्लाका हरिहरपुर, तरङ्गा, तातापानी, लेकपराजुल, साटाखानी र वीरेन्द्रनगरका इत्राम खोला र खोर्के खोला छेउछाउका वस्ती बाढीपहिरोका उच्च जोखीममा परेको भू–संरक्षण कार्यालय सुर्खेतले जनाएको छ ।
बाढीपहिरोबाट उच्च जोखीममा परेका सुर्खेतका गाविसहरुमा जापानिज संस्था जाइकाले ७९ लाख रुपैयाँ बराबरको तटबन्ध तथा बृक्षारोपणका लागि सहयोग गरेको कार्यालयले जनाएको छ । खोला छेउछाउमा रहेका र भू–क्षय हुने क्षेत्र उच्च जोखीममा रहेकाले त्यस्ता स्थानहरुमा तारजाली बृक्षारोपण गरेर भूक्षयलाई कम हुने जिल्ला भूसंरक्षण कार्यालय सुर्खेतले जनाएको छ ।
उच्च जोखीममा रहेका गाविसहरुमा प्रभावकारी बनाउनका समूह मार्फत रकम वितरण गर्ने गरेको भू–संरक्षण कार्यालय सुर्खेतका लेखापाल भानुभक्त रिजालले जानकारी दिए । उनका अनुसार सुर्खेतमा पहिले देखि नै उच्च जोखीममा परेका गा
विसहरुमा तटबन्ध, तारजाली, वृक्षारोपण, फलफुलका विरुवा वितरण, गाविसहरुमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।
स्रोत साधनले भ्याएसम्म सहयोग उपलब्ध गराउने गरेको उनको भनाई छ । उनले भू–क्षय नियन्त्रण गर्न दातृ निकायहरुले पनि प्रभावित क्षेत्रहरुमा काम गरिरहेको जनाएका छन् ।
सुर्खेतको ४८ प्रतिशत जनसंख्या प्रत्यक्षरूपमा भू–क्षयबाट ग्रसित रहेको देखिन्छ भने भू–क्षयको प्रमुख कारकतत्व अव्यवस्थित बसोबास तथा अवैज्ञानिक कृषि प्रणाली रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए ।
सुर्खेतको भू बनोट भिरालो भएकाले प्रत्यक वर्ष करिव २७ हजार मेट्रिक टन माटो बगेर जाने भएकाले भू–क्षयको जोखिम बढ्दै गएको प्रशासकिय अधिकृत पौडेलले बताए । बाढीपहिरो प्रभावितहरुलाई राहत तथा पुनस्र्थापनका लागि सक्रियता बढाउने उनको भनाई छ ।
प्रकाशित मिति: २८ श्रावण २०७३, शुक्रबार १६:०३