काठमाडौं, २७ साउन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा वारीयताक्रम प्रति असंतुष्टी जनाउदै पाँच जना बरिष्ठ नेताहरुले असंतुष्ट बनेका छन् । उनिहरुले वरीयताक्रममा असंतुष्टी जनाउदै माइन्युटमा हस्ताक्षर समेत गरेका छैनन् । यसरी हस्ताक्षर नगर्ने नेताहरुमा गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामशरण महत, अर्जुननरसिंह केसी र रमेश लेखक छन् ।
पार्टीको १३ औं महाधिवेशनपछि बसेका केन्द्रीय समितिका औपचारिक तथा अनौपचारिक चार वटा बैठकमा उनिहरुले माइन्युटमा हस्ताक्षर नगरेको बताइएको छ । नेता गोपालमान श्रेष्ठले त नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनको उदघाटनमा सार्वजानिक रुपमा नै आफ्नो असंतुष्टी जनाएका थिए । उनले नेपाल बिद्यार्थी संघको उदघाटनमा भनेका थिए— ‘मैले नेपाल बिद्यार्थी संघका साथीहरुलाई भन्नै पर्छ, म माथि अन्याय भएको छ, मानमर्दन भएको छ । पार्टीको पुर्वउपसभापति हो । तर पार्टीको केन्द्रीय समितिमा मलाई पुर्वमहामन्त्री भन्दा वरियाताक्रममा पछाडि राखेर मानमर्दन गरिएको छ ।’
नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा दोश्रो नम्बरमा बरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो नम्बरमा, उपसभापति, चौथो नम्बरमा महामन्त्री डा सशाँक कोइराला, पाँचौ नम्बरमा मनोनित महामन्त्री, छैटौ नम्बरमा कोषाध्यक्ष र सातौ नम्बरमा सहमहामन्त्री वरीयतामा रहनेछन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन बाँकी रहेका छ । केन्द्रीय सदस्यहरुको वरीयताक्रम वरियातक्रम आँठौ नम्बरबाट सुरु हुन्छ । आठौ नम्बरमा प्रकाशमान सिंह, नवौ नम्बरमा कृष्णप्रसाद सिटौला रहेका छन् । उनीहरु दुुवै जना पुर्व महामन्त्री हुन्् । १२ औं महाधिवेशनपछि सिंह निर्वाचित महामन्त्री र सिटौला मनोनित महामन्त्री हो ।
गोपालमान अहिले १० औं नम्बरको वरीयताक्रममा छन् । उनि भन्दापछि पुर्वमहामन्त्री बिमलेन्द्र नीधि छन् भने नीधि भन्दापछि कुलबहादुर गुरुङ छन् । गोपालमान असंतुष्टी प्रकाशमान र सिटौला भन्दा पछि वरियातक्रममा राखिएको भन्नेमा हो । गोपालमान पार्टी बिभाजनको बेलामा प्रजातान्त्रीक कांग्रेसको उपसभापति हुँदै दुई कांग्रेसको एकिकरणपछि पनि उपसभापति भएको थिए । कुलबहादुर पार्टी बिभाजनका बेलामा भएको दशौं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्री बनेका थिए । पार्टी एकिकरण पछि पनि उनि महामन्त्री थिए । उनको असंतुष्टी प्रकाशमान, सिटौला र बिमलेन्द्र भन्दा पछाडि राखिएकोमा हो । उनी यी सवै पुर्वमहामन्त्री भन्दा सिनियर मात्र होइन पार्टीकै सवैभन्दा पुराना नेता हुन् ।
पार्टी केन्द्रीय कार्यालय स्रोतको अनुसार अहिले प्रकाशमान र सिटौलालाई निबर्तमान महामन्त्री भन्दै गोपालमान र कुलबहादुर भन्दा अगाडिको वरियाताक्रममा राखिएको हो । तर उनिहरु १४ औं महाधिवेशन सम्म नै निबर्तमान नहुने तर्क गोपालमान र कुलबहादुरको छ ।
त्यसैगरि कुलबहादुर भन्दापछि खुमबहादुर खड्कालाई पुर्वमहामन्त्री हैसियतमा वरीयता तोकिएको छ । खुमबहादुर भन्दा पछि पुर्व कोषाध्यक्ष चित्रलेखा यादवलाई राखिएको छ भने चित्रलेखा भन्दा पछिको वरीयताक्रममा पुर्णबहादुर खड्कालाई राखिएको छ । पुर्णबहादुर पनि १२ औं महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन् । पुर्णबहादुर भन्दापछि डा रमशरण महत र रामशरण भन्दापछि अर्जुननरसिंह केसीलाई वरियातामा राखिएको छ । अर्जुन १० औं महाधिवेशनपछि सहमहामन्त्री बनेका थिए भने रामशरण त्यो भन्दा अगाडि नै सहमहामन्त्री बनेका थिए । रामशरण र अर्जुनको असंतुष्टी भनेको पुर्णबहादुर भन्दा पछिको वरियातामा राखिएकोमा हो । पुर्णबहादुर भन्दा रामशरण र अर्जुन अगाडि सहमहामन्त्री बनेका हुन् । पुर्णबहादुरलाई पनि प्रकाशमान र सिटौलाको जस्तै निबर्तमान सहमहामन्त्री भनेर अगाडि वरियातामा राखिएको हो ।
त्यसैगरि वरियातामा असंतुष्टी जनाउने अर्का नेता रामेश लेखक हुन् । उनको वरियाता ७३ औं नम्बरमा तोकिएको छ । उनको असंतुष्टी भनेको ह्दयराम थानी, देवेन्द्रराज कंडेल, मोहाबहादुर बस्नेत,बीरबहादुर बलायर, विश्वप्रकाश शर्मा,डिला संग्रौला भन्दा पछाडि राखिएको भन्ने हो । लेखक पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । हुनत ह्दयराम थानी, देवेन्द्रराज कंडेल, मोहबहादुर बस्नेत,बीरबहादुर बलायर, विश्वप्रकाश शर्मा,डिला संग्रौलापनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन तर यी मध्ये थानी, बलायर, र शर्मा नेपाल बिद्यार्थी संघको राजनीतिमा अगाडि थिए भने बस्नेत, कंडेल पार्टीको जिल्ला सभापति भइसकेका हुन । त्यसैगरि डिला महिला संघको सभापति हुन् ।
नेपाली कांग्रेसमा वरीयताक्रम निर्धारण गर्दा पार्टीको बिभिन्न तहमा काम गरेकोलाई आधार मान्ने गरिएको छ । जिल्ला सभापति, पार्टीको भातृसंगठनमा काम गरेकोलाई वरियाताक्रम तोक्ने बेलामा आधार मानिएको छ । लेखक जिल्ला नेतृत्वमा पनि काम गरेनन र भातृसंगठनमा पनि काम गरेनन् र अहिले पहिलो पटक केन्द्रीय सदस्य भएका हुन् ।
नेपाली कांग्रेसको पहिलो नम्बर वरियातामा सभापति शेरबहादुर देउवा, दोश्रो नम्बरमा बरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो नम्बरमा उपसभापति, चाथौ नम्बरमा महामन्त्री डा सशांक कोइराला, पाँचौ नम्बरमा मनोनित महामन्त्री, छैंटौ नम्बरमा कोषाध्यक्ष सितादेवि यादव र सातौ नम्बर सहमहामन्त्री रहने बैधानिक व्यवस्था रहेका छ । अहिले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन हुन बाँकी छ ।
प्रकाशित मिति: २८ श्रावण २०७३, शुक्रबार ०८:२५