काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदीलाई नेपालको संयुक्त राष्ट्र सङ्घको स्थायी प्रतिनिधिमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा सहसचिव सुवेदीलाई सो पदमा नियुक्त गरिएको हो । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रसङ्घीय कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरिएको हो । रासस