बेइजिङ (चीन), २३ साउन । चिनियाँ विमान चालक एक जना सहयोगीका साथमा विमानद्वारा गरिने चीनको पहिलो विश्व यात्राका लागि राजधानी बेइजिङबाट आइतबार छुटेका छन् ।
एक इन्जिन भएको टर्बोप्रप टीएमबी ७०० विमानलाई लिएर ५० वर्षीय विमान चालक झाङ बो ५८ दिन लामो यात्राका लागि निस्केका हुन् ।
उनले रसिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, आइसल्यान्ड र संयुक्त अधिराज्य (बेलायत) गरी विभिन्न २० देशका ५० स्थलमा अवतरण गरी प्राचीन समयमा व्यापारका लागि प्रयोग गरिने गरिएको सिल्क रोडको बाटोलाई प्रयोग गर्ने भएका छन् । रासस/सिन्ह्वा