बिद्यालय देखि विश्वबिद्यालयसम्म क्षेत्र देखि केन्द्रसम्म आवधिक अधिवेशन अनिवार्य रुपमा बिधानमा व्यवस्था गर्न जरुरी छ । नेपाल बिद्यार्थी संघले नेपाल शिक्षा प्रणालीमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै विश्ववजारमा प्रतिस्पर्धा गर्ने जनशक्ती उत्पादन आजको नेपालको आवश्यकता हो । यसका लागि शिक्षामा सुधार गरेर सवै तहका शिक्षकको बृतिबिकास गर्दै आधुनिक शिक्षण प्रविधीको प्रयोग गर्नु आवश्यक छ । यसका साथै समयमा नै परिक्षा समयमा नै नतिजाको व्यवस्था गर्न जरुरी छ । यी सवै कार्यभार पुरा गर्नका लागि नेपाल बिद्यार्थी संघको नेतृत्वको भुमिका महत्वपुर्ण हुन्छ । त्यसकारण मैले यीनै मुद्दालाई कार्यान्वयनका लागि आम साथीहरुको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष पदका लागि उमेदवारी दिने निर्णयमा पुगेको हो ।
तपाई नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुने चर्चा छ , तपाई अध्यक्षको उमेदवार किन ??
नेपालको बिद्यार्थी आन्दोलनको अग्रणी बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको ११ औं एकता महाधिवेशनमा यहाँहरु सवैमा जय नेपालको हार्दिक न्यानो अभिवादन टक्रयाउन चहान्छु । नेपालको बिद्यार्थी आन्दोलनमा नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनले नेपालको राजनीतिक नेपालको बिद्यार्थी आन्दोलन, शैक्षिक आन्दोलन र सामाजिक मुद्दाको आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आजसम्म आइरहेको छ । आगामी दिनमा लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्ने र बिद्यार्थी आन्दोलनमा थप उचाईमा पुर्याउदै बिद्यार्थीको हक अधिकारका लागि नयाँ नेपाल निर्माणको यात्रामा शिक्षा प्रणाली, पद्दतीका साथै सामुदायिक र नीजि बिद्यालयबीचको खाडललाई चिर्दै समन्वय एकअर्कामा साझेदारी र एकता निर्माण गर्दै अगाडि बढ्नु अबको बिद्यार्थी आन्दोलनको दायित्व हुनेछ । यी कारण नेपाली बिद्यार्थी संघको ११ औं महाधिवेशन ऐतिहाँसिक हुनेछ । हामीले अबको बाटो भनेको भुकम्पपछि शिक्षण संस्था, स्वास्थ्य संस्था पुर्ननिर्माणमा स्वमसेवाको काम गर्ने छ ।
यो ऐतिहाँसिक महाधिवेशनको पुर्वसन्ध्यामा म आम नेपाल बिद्यार्थी संघका साथीहरुलाई आन्तरिक प्रतिष्पर्धालाई मित्रवत बनाउदै संगठनलाई अझ ससक्त मर्यादित बनाउदै निर्वाचन मार्फत नेतृत्व स्थापित गर्ने अभियानमा सफल बनाउन म देशभरका साथीहरुलाई बिनम्र अनुरोध गर्दछु । ११ औं महाधिवेशनपछिका नेपाल बिद्यार्थी संघले बिद्यार्थी आन्दोलनको भविश्य तय गर्नुपर्छ । हिजो राजनीतिक शैक्षिक आन्दोलनको मोर्चामा नेपाल बिद्यार्थी संघले जसरी नेतृत्वदायि भुमिका लिएको थियो । अब संविधानको कार्यान्वयन र मुलुकको नवनिर्माणमा पनि नेपाल बिद्यार्थी संघले नेतृत्वदायी भुमिका लिनुपर्छ ।
आम बिद्यार्थीहरुको यही चहाना हो । यसका लागि बिद्यालय देखि विश्वबिद्यालयसम्म क्षेत्र देखि केन्द्रसम्म आवधिक अधिवेशन अनिवार्य रुपमा बिधानमा व्यवस्था गर्न जरुरी छ । नेपाल बिद्यार्थी संघले नेपाल शिक्षा प्रणालीमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै विश्ववजारमा प्रतिस्पर्धा गर्ने जनशक्ती उत्पादन आजको नेपालको आवश्यकता हो । यसका लागि शिक्षामा सुधार गरेर सवै तहका शिक्षकको बृतिबिकास गर्दै आधुनिक शिक्षण प्रविधीको प्रयोग गर्नु आवश्यक छ । यसका साथै समयमा नै परिक्षा समयमा नै नतिजाको व्यवस्था गर्न जरुरी छ । यी सवै कार्यभार पुरा गर्नका लागि नेपाल बिद्यार्थी संघको नेतृत्वको भुमिका महत्वपुर्ण हुन्छ । त्यसकारण मैले यीनै मुद्दालाई कार्यान्वयनका लागि आम साथीहरुको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष पदका लागि उमेदवारी दिने निर्णयमा पुगेको हो ।
यी कार्यभारमा तपाईले पुरा गर्नुहुन्छ भन्ने आधार के हुन त ???
यो भन्दा अगाडि मैले नेपाल बिद्यार्थी संघको बिभिन्न तहमा नेतृत्वमा रहेर काम गरेको छु । म माओवादीको हिंसात्मक द्धन्दको आधारभुमी रोल्पा जहाँ माओवादीका नेता कृष्णबहादुर महरा पढाउनुहुन्थ्यो । जुन बिद्यालयबाट माओवादीका नेताहरु बर्षामान पुन, अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, नेत्रबिक्रम चन्द, जस्ता नेताहरुले राजनीति यात्रा सुरु गरेको बिदालयबाट मेरो पनि नेपाल बिद्यार्थी संघको राजनीतिक यात्रा सुरु गरेको हो । माओवादी द्धन्दको चरमउत्कर्षमा पुगेको समयमा २०५२ साल देखि २०५७ सालमा मैले नेपाल बिद्यार्थी संघ रोल्पाको अध्यक्ष भएर नेतृत्व लिएको हो । त्यसपछि मैले नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिका बिभन्न तहमा बसेर काम गरे । नेपाल बिद्यार्थी संघको महामन्त्रीको जिम्मेवारी सम्हालेको हो ।
अब मैले नेपाल बिद्यार्थी संघको नेतृत्वमा रहदा जहाँ स्कुल, त्यहाँ नेपाल बिद्यार्थी संघ अभियान, एक बिद्यालय, एक पुस्तकालय, सार्वजानिक बिद्यालय सुधार अभियान संचालन गरेको हो । त्यसैगरि प्रमाण धितो राखेर निव्याजी ऋण उपलब्ध गराउनुपर्छ भन्ने दबाब अभियान संचालन गरेको थिए । त्यसकारण पनि आम नेपाल बिद्यार्थी संघका साथीहरुलाई बिश्वास छ कि समन्वयकारी भुमिका निर्वाह गरेर अबको नेपाल बिद्यार्थी संघको नेतृत्वमा मनोजमणी आचार्यले यी कार्यभार पुरा गर्न सक्छ भन्ने छ । म आफैलाई पनि विश्वास छ, मैले यी कार्यभार पुरा गर्न सक्छु भन्ने लाग्छ ।
अहिले नेपाल बिद्यार्थी संघ महाधिवेशनको तयारीमा छ, तर हिजो त्यस्तो ससक्त संगठन आज अशक्त जस्तै भएको छ, सुधारका लागि तपाईका योजना के के छन्् त ??
सवैभन्दा पहिले नेपाल बिद्यार्थी आवाधिक निर्वाचन आवश्यक छ । आवाधिक अधिवेशन सवैभन्दा पहिला जरुरी छ । बिद्यालय तह देखि विश्वबिद्यालय तह सम्म आवधिक अधिवेशन र नेतृत्व आउन जरुरी छ । यो हुँदा नयाँ नेतृत्वमा जोश हुुन्छ उर्जा हुन्छ । संगठन गतिशील हुन्छ । गतिशील संगठन नै ससक्त हुने हो । अर्को कुरा भनेको बिधानमा तोकिएको समयमा अधिवेशन भएन भने त्यो समिति स्वत बिघटन हुने र नयाँ अधिवेशन गर्ने पर्ने बाध्यात्मक व्यवस्था गर्न जरुरी छ । त्यसै गरि संगठनलाई ससक्त बनाउनका लागि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पनि आवधिक हुनुपर्छ । आवधिक निर्वाचन भएमा संगठनका काम कारवाहीमा बिद्यार्थीहरु इन्गेज हुनछन् । त्यसैगरि बिद्यार्थीलाई नेतृत्वको बिकास गर्नका लागि प्रशिक्षण कार्यक्रमको पनि आवश्यकता छ । प्रशिक्षीत नेपाल बिद्यार्थी संघ अहिलेको आवश्यकता हो । नेपाल बिद्यार्थी संघमा लामो समयसम्म महाधिवेशन हुन नसक्दा नेपाल बिद्यार्थी संघले प्रशिक्षण कार्यक्रम संचालन गर्न सकेको छैन् । अब मेरो पहिलो प्राथमिकता यो हुनेछ ।
नेतृत्वमा पुगेपछिका तपाईका कुनै योजना छ जसले तपाईलाई अरूभन्दा भिन्न राखोस् ?
मैले चार वटा अध्यक्षहरूको ‘अम्रेला’मा बसेर काम गरिसकेको छु । यसको लागि मैले आन्दोलनको समय होस् या त सहज समयमा पनि मैले नेतृत्व लिनको लागि आफ्ना अग्रजहरूबाट राम्रोसँग सिकेको छु । अर्का कुरा मैले यो अहिलेको शिक्षा विधेयक पारित भएसँगै यसका सुधारका पक्षमा काम गर्ने र राम्रा कुराको कार्यान्वयनका लागि सहयोग गर्ने काम र राष्ट्रिय राजनीतिमा अहिले संविधान निर्माण भएको छ । तर संघीयता लगायतका विषयले संविधान कार्यान्वयनको लागि समस्या सिर्जना गराएको छ । यसमा विद्यार्थिको तर्फबाट मैले अतुलनीय योगदान पु¥याउने छु । त्यस्तै अहिले नेपाली काँग्रेसलाई जनताले पहिलो पार्टी बनाए । अब नेपाली काँग्रेसलाई बहुमतको पार्टी बनाउने र स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई कसरी अब्बल र पहिलो पार्टी बनाउँदै त्यसैको अभिमत मार्फत् विद्यार्थीको मागलाई पूरा गर्ने दिशातर्फ जाने मेरो एजेण्डा हुनेछ । अर्का कुरा म जोड्न चाहन्छु, हामी अहिले बढी राजनीतिमा घोत्लियौं । तर हामीले सामाजिक र साँस्कृतिक विषयलाई, सीमानासँग जोडिएका विषयलाई र नेपालको स्वाधिनता र स्वाभिमानसँग जोडिएको विषय पनि टड्कारो आवश्यकता बनिरहेको छ । यस्ता विषयमा विद्यार्थीहरू केन्द्रीत भईदिए हुन्थ्यो । अहिले महंगी बढीरहेको बेलामा विद्यार्थीहरू के हेरेर बसिरहेका छन् ? लगायतका जनताका सीधा अपेक्षाका विषयहरूमा पनि काम गरेर नेपाल विद्यार्थी संघ मात्रै होईन कि समग्र नेपाली काँग्रेसको समेत हितको लागि काम गर्ने अठोटका साथ म निर्वाचनमा होमिन लागेको छु ।
प्रजातन्त्रिक व्यवस्थाको स्थायित्व र विद्यार्थीहरूको हक र हितको आन्दोलन एकैसाथ कसरी अगाडि बढाउनुहुन्छ ?
नेपाल विद्यार्थी संघको इतिहास नै प्रजातन्त्र प्राप्तिको लागि यावत आन्दोलनहरूमा अग्रमोर्चामा उभिएर आएको छ । अहिलेको लोकतन्त्र प्राप्तिसम्मलाई हेर्ने हो भने पार्टीको भन्दा बढी आन्दोलन र स्वतन्त्रता संग्रममा विद्यार्थी आन्दोलनको भूमिका बढी रहेको छ । अर्का कुरा के हुन्छ भने सामाजिक व्यवस्थाहरू प्रजातान्त्रिक नभएसम्म हामीले त्यहाँ अन्य विषयलाई सुधार गर्छौ भनेर नभन्दा पनि हुन्छ । जस्तो कि उत्तर कोरियाको राजनीतिक अवस्था र त्यहाँ विद्यार्थीहरूको अधिकारको कुराको विषयमा हामीले केही परिकल्पना गर्न सक्छौं ? त्यसैले हामी अहिलेसम्म लड्यौ प्रजातन्त्रको लागि तर, अब हामी लड्छौं प्रजातन्त्रको रक्षा गर्दै शैक्षिक बिकासको लागि । एउटा कुरा के हुन्छ भने मुहान सग्लो भयो भने मात्रै तल पानी खाने बटुवाले सग्लो पानी खान पाउने हो । त्यसैले हामीले पहिले राज्य व्यवस्थालाई सही बाटोमा ल्याएर शैक्षिक एजेण्डा पूरा गर्ने लक्ष्यमा हामी केन्द्रित हुनेछौ ।
प्रकाशित मिति: २० श्रावण २०७३, बिहीबार १२:५८