क्यानाडाको अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको साझेदारी र नेपाल, भारत तथा अस्टे«लियाका अनुसन्धानकर्ताको सहकार्यमा साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिज (सियास)ले गोष्ठीको आयोजना गरेको हो ।
सहरीकरण र जलवायु परिवर्तनबाट हुने विभिन्न समस्याको दीर्घकालीन उपायको खोजी गर्न धरानका विभिन्न क्षेत्रको अध्ययन र अनुसन्धान गरी त्यसका आधारमा नीतिनिर्माण एवम् नीति कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई मद्दत पु¥याउने उद्देश्यले अनुसन्धान थालिएको सियासका कार्यकारी निर्देशक ङमिन्द्र दाहालले बताए । उनले नेपालको धरान र धुलिखेल दुई सहरमा करिब तीन वर्ष अनुसन्धान गरिने बताए ।
गोष्ठीमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक एवम् नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, गाविस महासङ्घका निवर्तमान अध्यक्ष तथा नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष रमेश बस्नेत, धरान नगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पलिखे, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर जकबहादुर खड्का, काजीराम कार्की लगायतले विषयवस्तुमाथि प्रकाश पारेका थिए ।
नेपाल खानेपानी संस्थान धरानका इन्जिनियर रामकुमार श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का सम्फर तामाङ, महिला सञ्जाल धरानका अध्यक्ष शीला बज्राचार्य, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, धरान खानेपानी व्यवस्थापनका सदस्य आनन्द श्रेष्ठ र देवराज श्रेष्ठ, धरान नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य सङ्घका उद्योग सचिव महेन्द्र प्रधानलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका पदाधिकारीले पनि बोलेका थिए ।
गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अनुसन्धानका क्रममा अनुसन्धानकर्ताले धरानको पानी, पर्यावरण र जनजीविकाको सवाललाई विभिन्न विधाबाट अध्ययन गर्ने, समस्या पहिचान गर्ने र निवारणका उपाय खोज्ने हुँदा धरानवासीका लागि यो अनुसन्धानबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
रासस