काठमाडौं, १७ साउन । न्यायपरिषदबाट सिफारिस भई संसदीय सुनुवाई सकिएका ११ जना सर्वोच्च अदालतका न्यायधीशको आज नियुक्ती भएको । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गरेसंगै राष्ट्रपति कार्यालय शितल निवासमा आजै उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा. सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
नवनियुक्ति न्यायाधीशहरुमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान छन् ।
प्रकाशित मिति: १७ श्रावण २०७३, सोमबार १४:४२