सुर्खेत, १३ साउन ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बाह्य शक्तिसँग जोडिनुले सरकार परिवर्तन भइरहेको बताएका छन् । नेपाली स्वाभिमानी नभएसम्म, नेपाली जनताहरु आफ्नो हक अधिकारका निम्ति नलडे सम्म सरकार अझै बन्न नसक्ने डा. भट्टराईले बताए ।
नयाँ शक्ति नेपालको छैठौं प्रदेशकाे आन्तरिक प्रशिक्षणका क्रममा सुर्खेत अाएका संयोजक डा. भट्टराईले बिहीबार अायाेजित पत्रकार भेटघाटमा सरकार परिवर्तन भइरहनु भनेको बाह्य शक्तिको हाबी हुनु हो, भनेका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जनताको लागि जनताको अभिमत लगेर मात्रै सरकारमा जाने, जनताको चुनाव लगेर मात्रै अघि बढ्ने नत्र चोर बाटो लागेर सरकारमा नजाने नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. भट्टराईले बताए ।
भेलामा नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सहसंयोजक रामचन्द्र झा, दुर्गा सोव, पर्शुराम तामाङ र देवेन्द्र पौडेललगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिएका थिए ।
६ नं. प्रदेशका संयोजक भक्तबहादुर शाहको अध्यक्षतामा भएको भेलाले पार्टीको आन्तरिक प्रशिक्ष्ँण र केन्द्रीय भेलाको भाव सम्प्रेष्ण गरेको बताइएको छ । यसैवीच डा. बाबुराम भट्टराईले विहीवार विभिन्न क्षेत्रका व्यक्तिहरुसंग भेटघाट गरेका थिए । भने बुद्धिजीवि, कानुन व्यवसायी, अधिकारकर्मीहरु र उद्योग व्यापारीहरुसँग पनि भेटघाट गरेका थिए ।
प्रकाशित मिति: १३ श्रावण २०७३, बिहीबार १३:३६