सुर्खेत, ९ साउन ।
मध्यपश्चिम क्षेत्रमा आत्महत्या घटना बढ्दै गइरहेको पाइएको छ । मध्यपश्चिम क्षेत्रमा आर्थिक वर्ष ०७०/७१ चार सय ३७, ०७१/७२ चार सय ७३ र ०७२/७३ मा पाँच सय २० आत्महत्या भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जानाएको छ ।
मध्यपश्चिम क्षेत्रमा आत्महत्या घट्नुको साटो झनै बढ्दै गइरहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्याल
मध्यपश्चिमका घटना बारे जानकारी दिंदै क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव नेपाल । तस्बिर : बिमला खड्का/खबरइरा
य सुर्खेतका प्रहरी नायव महानिरीक्षक माधव नेपालले बताए । उनका अनुसार मध्यपश्चिम क्षेत्रमा अबैध लागुऔषध ओसार पसारका घटनाहरु पनि बढ्दै गएको छ ।
आर्थिक वर्ष ०७१/७२ ब्राउन सुगर पाँच सय ४२ ग्राम १ सय १३ मि. ग्राम, चरेस ३३ किलो १ सय ८५ ग्राम, तिन सय ४३ मि. ग्राम, अफिम ५ किलो १७ ग्राम, आठ सय ३७ मि. ग्राम, गाँजा १ किलो ६ सय २७ ग्राम ९ सय मि. ग्राम र १ हजार ३५ ट्यावलेट नाइट्रोजेपाम बरामद गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक नेपालले जानकारी दिए ।
उनका अनुसार विगतका वर्षहरुमा मध्यपश्चिम क्षेत्रमा लागुऔषधका मुद्दा दर्ता संख्या १ सय ५ रहेको र १ सय ४९ पुरुष र ४ जना महिला गरी १ सय ५३ जनालाई पक्राउ गरिएको छ ।
यसैगरी विगत ६ महिना यता रेकर्ड अनुसार लागुऔषधमा ब्राउन सुगर ३ सय १७ ग्राम १७ मि. ग्राम, चरेश १९ किलो ८५ ग्राम, अफिम ५ किलो १७ ग्राम, ८ सय ३७ मि. ग्राम, गाँजा ६ किलो २ सय २ ग्राम र ५ सय ३५ ट्यावलेट नाइट्रोजेपाम बरामद गरेको थियो भने मुद्दा दर्ताको संख्यामा ५७ रहेको छ । जसमा ८९ पुरुष र २ जना महिला गरेर ९१ जनालाई पक्राउ गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक नेपालले जानकारी दिए ।
यस्तै महिला विरुद्धका अपराधमा आर्थिक वर्ष ०७०/७१ मा १ सय १९, ०७१/७२ मा १ सय ४०, ०७२/७३ मा १ सय ४१ घटना भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक नेपालले जानकारी दिए । उनका अनुसार विगत ६ महिना यता महिला विरुद्धका अपराधमा जवरजस्ती करणीमा ६५, जवरजस्ती करणी उद्योगमा २० र बहुविवाह घटनामा १५ वटा रहेका छन् ।
मध्यपश्चिम क्षेत्रमा काम गर्दा जनशक्तिको कमि, प्रविधिको अभाव, भौतिक संरचनाको अभाव लगाएतका समस्या र चुनौती रहेको मध्यश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक नेपालले बताए । उनले लागु औषधमुक्त बनाउने, अबैध रुपमा हुने तस्करीलाई नियन्त्रण गर्ने लक्ष्य रहेको बताए ।
प्रकाशित मिति: ९ श्रावण २०७३, आईतवार १९:२२