अस्ट्रेलिया, ९ साउन । भनिन्छ, कानुनकै राज भएकै कारण यहाँको विकास सम्भव भएको हो । राजा देखि रंकसम्म सबैका लागि कानुन बराबर छ यो देशमा । कानुनी राज्यका रुपमा कहलिएको अस्ट्रेलियामा अधिकार लडाइमा एक नेपाली चेलीले भने चार बर्ष कुर्नु पर्यो, फैसला सुन्न ।
नेपाली चेली सुजु प्रधानले छोरा साहिलको खातीर लगातार चार बर्ष अड्डा अदालत धाइन् । एकपछि अर्को अप्ठ्याराको सामना गदै गइन, बल्ल उनले अदालतवाट भर्पाइ पाइन् ।
२०१२ वाट सुरु भएको उनको लडाइ सन् २०१६ को जुनमा आएर सकिएको छ । पैसाले उनको छोराको त्यो चिज आउदैनथ्यो, जुन लापरबाहीले गुमेको थियो । म्यान्लीको युथ सेन्टरमा खेल्दै गर्दा सन २०१२ मा उनको छोरा साहिलको १२ बर्षको उमेरमा एउटा आँखा गुमेको थियो । साहीलको खेल्ने क्रममा युथ सेन्टर भित्र कसैको प्रहार आखाँमा लागेपछि नानीको पर्दा फाटेको थियो । त्यसपछि उनको लाख उपचार भइसक्दा पनि एउटा आँखाको ज्योती फर्कन सकेन ।
संसारमा सबै चिज ट्रान्सप्लान्ट होलान तर आँखा भन्ने चिज फेरीन सक्दैन । छोरालाई पाइलट बनाउने उनिहरुको सपना पुरा हुन सक्दैन, डाक्टरका लागि असम्भव नै छ । लाइसेन्स लिन बिशेष पहल गर्नुपर्छ ।
सन् २०१२ देखि सुजुले ब्यवस्थापनको कमजोरीका कारण छोराको आँखाको ज्योती गुमेको भन्दै स्थानीय अदालतमा मुद्दा दर्ता गरिन् । वकिल र न्यायालय धाउँदाको उनको अप्ठ्यारो सुनिनसक्नु छ । ह्यारेसमेन्ट मात्र होइन झन्डै सुजु र उनका पती सन्नी नायर झन्डै झन्डै डिप्रेसनमै गइसकेका थिए । वकिल र वकालत बुझनेका लागि श्रीखन्ड नबुझनेका लागि केको काठ भनेझै उनिहरु छोराको अधिकारका लागि धाउँदै गए अनि धाइरहे ।
छोराका अधिकारका लागि लडेका यी दम्पती हरेक मोडमा मोलमोलाइ हुन थालेपछि दिक्क मात्र भएनन वाक्क पनि भए । तर लागिरहेअनि बल्ल भयो क्षतीपुर्तीको ब्यवस्थापन । सुजु भन्छिन, यो लडाइ छोराको लागि थियो, उसको भबिष्यसँग जोडिएको विषय थियो, किनभने संसारमा सबै चिज पाइन्छ तर गुमेको ज्योती फर्किन्न । पढाइमा निकै अब्बल र क्रिकेटमा तेज बलरका रुपमा पहिचान बनाएका साहिल यतिखेर उच्चमाविको तयारीमा छन् ।
तर चार बर्षपछि सम्मानिय अदालतवाट उनको पक्षमा फैसला भएको छ । लगातार चार बर्षको लडाइ जित्नु ठुलो कुरो मान्दिनन्, सुजु । उनि भन्छिन, यो मैले अरु प्रवासीहरुको लागि पनि एउटा नजिर बनोस भन्ने चाहेको हुँ ।
अस्ट्रेलियाको बुहल सांस्कृतिक समाज भित्र थुप्रै पाटाहरु छन् अनि परचक्र पनि । एउटा छोरोको भबिष्यसँग जोड्दै सुजु भन्छिन, एउटा आँखा गुमाएको मेरो छोराले अब चाहेर पनि पाइलट र अन्य महत्वपूर्ण बिषयमा अगाडि बढ्न पाउँदैन ।
यसलाई आधार बनाएर मैले अधिकारको लडाइ लडेको थिए, ढिलै भएपनि न्याय भएको छ । क्षतिपूर्ति रकमका बारेमा कुराकानी गर्न अपठ्यारो मान्दै सुजुले भनिन्, साहिलको आँखा पैसाले किन्न पाइदैन, बस सन्तुष्टिको लागि र अधिकारको लडाइ जितेको हो ।
उनले नेपाली समाज लगायत आप्रबासीको सन्दर्भमा थुप्रै यस्ता खाले घटना घटीरहँदा लड्नका लागि आफुले एउटा शन्देस दिन खोजेको बताइन् । मैरो परिवारमा जे भयो, अरुलाई नहोस तर यदी समाजमा यस्ता खाले घटना घटेका छन भने ज्यादतीविरुद्ध लड्न नछाड्नुस् त्यसका लागि म सहयोग गर्नेछु, सुजुले भनिन् ।
छाउनीमा जन्मेकी प्रधान परिवारकी सुजु सन १९९६ मा अध्यनका लागि अस्ट्रेलिया आएकी थिइन् । नेपालको घरायसी ब्यापारमा सघाउन यता अध्यनमा आएकी सुजु प्रेममा फसेपछि सन्नी नयारसँग यतै घरजममा ब्यस्त भइन् । एउटा आँखा गुमेपछि छोराको डाक्टर बन्ने चाहना अधुरै हुने मात्र होइन उसले भबिष्यमा थुप्रै चिजहरुवाट पर बस्नुपर्ने बाध्यता सुजुले बुझेकी छिन् । तर पनि एउटा अधिकारको लडाइमा सुजु खरो उत्रेकी छिन् र छोरालाई गुमेको आँखाबाटै भएपनि संसार चिनाउने प्रयत्नमा लागेकी छिन् ।
प्रकाशित मिति: ९ श्रावण २०७३, आईतवार १६:२३