उद्धारका सामग्री जिल्ला प्रहरी कार्यालय र नेपाली सेनालाई एक समारोहबीच प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले बिहिवार हस्तान्तरण गर्नुभयो ।
ज्येष्ठ नागरिकलाई कम्मल वितरण
जिविसले पहिलोपटक ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सिमिकोट गाविस–१ देखि ९ सम्म ४३ जनालाई कम्मल वितरण गरेको छ । उक्त कम्मलको मूल्य रु एक लाख ३० हजार २९० रहेको छ ।
उच्च पहाडी गरिबी निवारण संस्थाले गोष्ठीको भत्ता सम्पूर्ण राजनीतिक दल, कार्यालय प्रमुख, पत्रकार, व्यापारी सहभागी सबैलाई नदिई सबैको सहमतिको आधारमा हुम्ला जिल्लाका बाढीपहिरो पीडितलाई सहयोगका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमा रु एक लाख जम्मा गरिएको छ ।
समीक्षा गोष्ठी सम्पन्न
पहिलोपटक महिला विकास तथा बालबालिका कार्यालयले आव २०७२÷०७३ को वार्षिक कार्यक्रमको प्रगति विवरण सम्पूर्ण दल, नागरिक समाज, कृषक, महिला समेतलाई पारदर्शी गरेको छ ।
स्वागत मन्तव्यमा कार्यालयका कल्पना लामाले भौगोलिक रुपमा दुर्गम भएका कारणले गर्दा विभिन्न क्षेत्रमा महिलाको उत्थान गर्नु पर्नेमा जोड दिए ।
उक्त गोष्ठीमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा घिमिरेले पहिलो पटक महिला विकास कार्यालयले पारदर्शी गरेको तर अन्य कार्यालयले नगरेको जानकारी गराए ।
सो सभाका अध्यक्ष महिला विकास अधिकृत देवकुमारी खत्रीले महिला उत्थानका लागि आगामी वर्षमा दलित जनजातिका महिला सबैलाई विकासमा समेट्ने कुरामा जोड दिँदै सो सभालाई सम्पन्न गरे ।
रासस