थप दुईवटा निर्माणाधीन अवस्थामा रहेका छन् भने ११ वटाको बृहत् मर्मत गरिएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ । जिविसमार्फत निर्माण भएका झोलुङ्गे पुलबाट करिब सात हजार घरधुरीका साढे ४६ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।
आव २०७२/७३ मा रु पाँच करोड ४४ लाख ४९ हजार ३८८ को लागतमा १६ वटा झोलुङ्गे पुल निर्माण भएको र थप दुईवटा झोलुङ्गे पुलको ८० प्रतिशत निर्माण कार्य सकिएको जिविसका सव इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार यस वर्ष निर्माण भएका झोलुङ्गे पुलबाट बेनी नगरपालिकाका तीनवटा वडा र २० गाविसका छ हजार ९६८ घरधुरीका ४६ हजार ७६१ जनसङ्ख्या लाभान्वित भएका छन् ।
गुर्जाको घुर्मखोला र मराङबेँसीमा झोलुङ्गे पुल निर्माण कार्य आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
बैसरीमा कालीगण्डकी नदी माथि रु ४० लाख ३२ हजार ९१० को लागतमा निर्माण भएको १२० मिटर लामो पुलबाहेक अन्य १७ वटाका लागि ड्रिलीप परियोजनाले रु तीन करोड ९९ लाख ९२ हजार ६३६ सहयोग गरेको छ ।
झोलुङ्गे पुल निर्माणका लागि प्रभावित क्षेत्रका गाविस कार्यालयले रु १० लाख ८८ हजार ९८७ र समुदायले रु एक करोड ८५ लाख ६८ हजार ६२ बराबरको श्रमदान गरेका छन् ।
सव इन्जिनियर पौडेलका अनुसार कुइनेमङ्गलेको लेतेखोला, लुलाङ्गको चित्रफेदी, मुदी र मुनाको सिमानामा म्याग्दीखोला, दग्नाम र दर्जीजाको सिमानामा जागाखोला र रुम—४ मा खहरेखोला झोलुङ्गे पुल निर्माण भएको छ ।
यसैगरी, बरङ्जाखोला, बेगको लिस्नेखोला, बेनी नगरपालिका— १ आनन्दबगर र माझफाट—२ पर्वत जोड्ने आनन्दबगर, शिख–९ र घार—९ मा घारखोला, भुरुङ्ग तातोपानी—८ र घार—९ मा ठूलोबगर झोलुङ्गे पुल पनि निर्माण भएका छन् ।
दाना—९ र नारच्याङ—७ मा गुईठेखोला, निस्कोट—३ र देवीस्थान—९ मा बतासे साँघु, अर्मन—६ र ५ मा मुहानेखोला, बेनपा— १३ र बरङ्जा—२ मा जल्केनी र तातोपानीमा पनि झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दीमा यस वर्ष निर्माण भएका सबै झोलुङ्गे पुलको लम्बाइ जम्मा एक हजार २४० मिटर रहेको छ ।
जिविसमार्फत यस वर्ष १७८ वटा झोलुङ्गे पुलको नियमित मर्मत सम्भार गरिएको छ । यसैगरी, बेग गाविसको बादुक र बेगखोला जोड्ने नेपालकै लामा मध्य एक झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
बेगखोलामाथि निर्माण हुन लागेको ३६५.८० मिटर लामो झोलुङ्गे पुल यसै महिनादेखि निर्माण सुरु हुने जनाइएको छ ।
रासस