अस्ट्रेलियामा केही उत्साही नेपाली कलाकार गीत संगितको माध्यमवाट मुलुकको पहिचान कायम गर्न लागि परेका छन् । सात समुन्द्र पारीको प्रवासी जिवन अनि गीत संगितको रन्को । गीत संगितमा जुन राप छ त्यसले पोलेपछि फैलिने तापले मानिसलाई रोक्न सक्दैन ,यसले जतासुकै पोल्ने गर्छ ।
सीड्नीको नेपाली समुदायमा संगितको साधनामा शुर ताल मिलाउने एउटा फरक पहिचान हो सुजाता उपाध्याय मानन्धर । करिब तिन दशक अधि ‘मै छोरी सुन्दरी कसरी भरुँ पानी, बसी बसी भरुँ भने घैलाभन्दा सानी‘’ गीतले नेपालमा तहल्का पीट्दा यिनै सानै थिइन् ।
आमा भारती उपाध्यायले त्यो गित गाउँदा देखिनै सुजाताको गित संगितप्रतिको मोह बढेको थियो । उनै भारती उपाध्यायकी छोरी भए पनि सुजाता उपाध्यायलाई धेरैले परिवारका कारण चिन्दैनन् । आठ बर्ष लामो अस्ट्रेलिया बसाइमा सुजाताले थुप्रै गायकी प्रस्तुत गरिसकेकी छिन । विशेष गरेर मेलोडियस गीत गाउन रुचाउने सुजाताले उदितनारायण झा र विश्व नेपालीसँग केही कर्णप्रिय गीत गाइसकेकी छिन् । उनको बिश्व नेपालीसँग गाएको तिम्रो मौन इसारा बोलको गीत यतिखेर चर्चामा छ । सीड्नीको हरेक खाले सांस्कृतीक कार्यक्रममा सुजाता रोजाइको नाम हो । सबैभन्दा ठूलो कुरा त इच्छा, संकल्प हो रै छ , यता आएपनि समय निकालेर गीत संगितमा अलि अलि खर्चेकै छु , हसिली सुजाताले भनिन । ‘यहाँ बसेर गीत गाउनु र यो क्षेत्रमा लाग्नु भनेको दुःख गरेको कमाई गुमाउनु नै हो, तर त्यसो भन्दैमा गायनलाई छोड्न सक्दिनँ,’अस्ट्रेलियामा रहेका संगीतकर्मीको आवाज समेटिने एल्बम उडानमा पनि सुजाताको आवाज सुन्न पाइने छ ।
सबैभन्दा ठूलो कुरा त इच्छा, संकल्प र त्यो क्षेत्रप्रतिको माया अनि लगाव हो रहेछ । त्यसै कारणले त आफ्नो मातृभूमि छोडेर सात समुद्रपारि आउँदा पनि गायिका भारती उपाध्यायकी छोरी सुजाता उपाध्यायले गायन क्षेत्रलाई छोड्न सकिरहेकी छैनन् । आमाको यो गीतलाई पनि सुजाताले रिमिक्स गरेर गाइसकेकी छिन् । विगत ८ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी यो व्यस्त सहरमा पनि गायन विधालाई जमाएरै बसेकी रहिछिन् ।
‘यहाँ बसेर गीत गाउनु र यो क्षेत्रमा लाग्नु भनेको दुःख गरेको कमाई गुमाउनु नै हो, तर त्यसो भन्दैमा गायनलाई त जीवन पर्यन्त छोड्न सक्दिनँ,’ सुजाता भन्छिन । नेपालमा रहँदा गायनयात्रा सुरु गरेकी सुजाताले अस्ट्रेलियामा पनि आफ्नो इच्छालाई निरन्तरता दिँदै आएकी छिन् । अस्टे्रलियाबाटै दुईवटा एल्बम बजारमा ल्याइसकेकी उनी हाल तेस्रो एल्बमको तयारीमा छिन् । अस्ट्रेलियामा रहेका संगीतकर्मीको आवाज समेटिने एल्बम उडानमा पनि सुजाताको आवाज सुन्न पाइने छ ।
विशेष गरेर मेलोडियस गीत गाउन रुचाउने सुजाताले उदितनारायण झा र विश्व नेपालीसँग गीत गाईसकेकी छिन् । अस्ट्रेलियामा दुःख गरेर कमाएको पैसा उनले नेपाली गीत संगीतमा खर्चेकी छिन् भने नेपाली गायक(गायिकालाई अस्ट्रेलिया बोलाएर यहाँ सांगीतिक कार्यक्रम गर्ने मामिलामा पनि उनले आफूलाई अगाडि राखेकी छिन् । जे जस्तो अवस्था आए पनि गायन क्षेत्र नछाड्ने बताउँछिन् ।
प्रकाशित मिति: ६ श्रावण २०७३, बिहीबार ०८:४६