जुम्ला, ५ साउन । भैरव उच्च माध्यमिक विद्यालय नराकोटमा कक्षा ८ मा अध्ययनरत दृष्टिविहीन अमृत बोहोरा सुनेकै भरमा पढ्न वाध्य छन् ।
भैरव उच्च माध्यमिक विद्यालयमा सञ्चालित विशेष शिक्षामा अध्ययनरत दृष्टिविहीन विद्यार्थी । शिक्षक र पुस्तक अभावकका कारण छात्राबासमा पुराना पुस्तक स्वअध्ययन गर्दै ।
जिल्लामा विशेष शिक्षा अन्तर्गत दृष्टिविहीन विद्यार्थीहरुको पढाइ हुने एक मात्र विद्यालयमा शिक्षक र पाठ्यपुस्तकको अभाव हुँदा समाहित कक्षामा पढ्नुपर्ने वाध्ययता छ । समाहित कक्षामा अन्त विद्यार्थीहरुसँग कक्षामा शिक्षकले पठाउदा सुनेकै भरमा उनीहरुले विषयवस्तु रटेर कन्ठस्त गर्ने गरेका छन् ।
नयाँ शैक्षिक शत्र शुरु भएको ६ महिना हुन लाग्दा समेत व्रेललिपिको पुस्तक विद्यालयमा पुगेको छैन । दृष्टिविनि विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि व्रेललिपि पुस्तकको व्यवस्था नभएकाले कक्षा कोठा वाहेकको समयमा आफुहरुले पढ्न नपाएको विराट ७ लार्जका दत्त वि.क. वताउँछन् । उनी भन्छन्, विशेष कक्षा भनेर हामीलाई बिहान बेलुक व्रेललिपि शिक्षकले पढाउनुपर्ने हो तर विद्यालयमा शिक्षकको उचित व्यवस्था छैन । विद्यालयमै बस्ने भए पनि राम्रो व्यवस्था अझै हुन सकेको छैन । त्रैमासिक परीक्षा आउनेबेला भइसक्यो अहिलेसम्म हाम्रो पुस्तक विद्यालयमा पुगेको छैन ।
विशेष शिक्षाको लागि राहतमा एक जना शिक्षकको व्यवस्था गरिए पनि अझै राम्रोसँग पठनपाठन गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर रोकाया स्वीकार गरेका छन् । व्रेललिपि पाठ्यपुस्तक शिक्षा कार्यालयमा रहेको खबर पुगेको छ उनले अब लिन जानुपर्ला ।
यता जिल्ला शिक्षा कार्यालयले भने पाठ्यपुस्तक समयमै पुगेको र विद्यालयलाई पनि पुस्तक लिन आउनु भनी खबर गरेको बताएको छ । शिक्षकको लागि साउन महिनामा दरबन्दी सिर्जना गरेर विज्ञापन गरिने शिक्षा कार्यालयका शाखा अधिकृत सूर्य खत्रीले वताए । नराकोट सिंजामा विशेष कक्षा व्यवस्थीत हुनसकेन अब जिल्ला सदरमुकामतर्फ सार्ने कि भन्ने छलफल हुँदैछ उनले भने विद्यार्थीहरुलाई दृष्टिविहीन विद्यार्थीहरुलाई विशेष खालका कापी, कलम, उत्तरपुतिका लगायतका सामग्रीका लागि प्रति विद्यार्थी तीन हजार छात्रवृद्धि समेत उपलब्ध गराएका छौं ।
सिंजा नराकोटमा रहेको भैरव उच्च माध्यमकि विद्यालयमा इसीडीदेखि कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरु रहेका छन् । विद्यालयमा अध्ययन गर्ने १० जना विद्यार्थी मध्य २ जना अहिले जिल्लास्तरीय परीक्षाको तयारीमा छन् । दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने भवन र्जीण भइसकेको छ ।
पानी पर्दा चुहिन्छ, फर्निचरको राम्रो व्यवस्था छैन त्यसतर्फ सरोकारवाला कुनै पनि निकायको ध्यान नगएको कक्षा ६ मा अध्ययनरत मुगु रोवाका रामकृष्ण सावत बताउन्छन् । हरेक वर्ष सुनेकै भरमा हामीले अध्ययन गरिरहेका छौं । एक त समाजले हामीलाई हेला गर्ने गरेको छ त्यसमाथि पनि विद्यालयले पनि हामीलाई हेला गरेको छ उलने भने जुम्ला लगायत विभिन्न छिमेकी जिल्लाबाट विशेष शिक्षा अध्ययनका लागि विद्यालयमा आएका छौ स्तरीय शिक्षा पाउन सकेनौं भने हामीले अध्ययन गर्नुको औचित्य हुने छैन ।
प्रकाशित मिति: ५ श्रावण २०७३, बुधबार ०९:१५