जुबा, ३० असार । करिब दुई वर्षयतादेखि हिंसाको चपेटेमा परेको दक्षिण सुडानमा मानवीय सहयोगमा खटिएका राष्ट्रसंघीय एवम् अन्य विदेशी दाता एजेन्सीका सहायताकर्मीमाथिको आक्रमण रोकिएको छैन ।
केही समययता देखि यसरी उनीहरुमाथि हमला हुने गरेको संयुक्त राष्ट्रसङ्घले बिहीबार जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघले यस्ता सहायताकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सहायताकर्मीमाथि बुधबार र बिहीबार हमला भएको छ । यस क्रममा दुईजनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
बुधबार मात्र पनि मानवीय सहायताका लागि खटेका राष्ट्रसंघीय एजेन्सीका सहायताकर्मीलाई राजधानी जुबा नजिकै एक नगरमा मला गरिएको छ । एकजना हताहत भएको खबर प्राप्त भएको छ ।
त्यसैगरी बिहीबार गरिएको यस्तै अर्काे आक्रमणमा परी अर्का एकजना पनि मारिएका छन् । त्यस आक्रमणको जिम्मेवारी यहाँका विद्रोहीले लिएका बताइएको छ ।
गत मे महिनाबाट संयुक्त सरकारको निर्माण भएयता सुडानमा कैयौं सहयताकर्मीको हत्या भएको बताइएको छ । यहाँका विद्रोहीले उनीहरुलाई तारो बनाउने गरेका छन् ।
प्राप्त समाचारमा सुडानमा पछिल्लो समयमा हिंसा झनै बढेको र यस हिंसाका कारण सुडानमा लाखौँ लाख नागरिकलाई आधारभूत वस्तुहरुको आवश्यकतामा भएको बताइएको छ ।
सुडानमा कम्तीमा पनि ४६ लाख नागरिकलाई यस्तो सहायताको खाँचो पर्ने जनाइएको छ । सो खाँचो बमोजिम उनीहरुलाई ठूलो रकम पनि आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा यहाँका नागरिकलाई आवश्यक पर्ने खाद्यान्नसहितको आवश्यकताको बारेमा प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदनमा सुडानमा ४६ लाख व्यक्तिको लागि मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्र सङ्घले जानाएको छ ।
ती व्यक्तिहरुको लागि नौ करोड ५२ लाख अमेरिकी डलर बराबरको रकम आवश्यता परेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन डुजारिकले समाचारदताहरुलाई बताएका छन् ।
यसै कारण पनि राष्ट्रसङ्घले विश्वका दाताहरुलाई पनि यसमा सघाउ पुर्याउन आह्वान गरिरहेको छ । तर यहाँका विद्रोहीले भने यसरी आवश्यकताको पूर्तिका लागि त्यहाँ पुगेका अधिकारीलाई हमला गर्ने गरेका छन् ।
सन् २०१३ को डिसेम्बरबाट दक्षिणी सुडानमा सुरु भएको द्वन्द्वको कारण सो समयदेखि हालसम्म करिब ६० जना सहयताकर्मी मारिएका छन् ।
गएको मे महिनाबाट सहयोगकर्ताहरुलाई गोली, एम्बुस आक्रमणहरु भएका संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला समन्वय विभागले जानकारी दिएको छ ।
दक्षिणी सुडानमा सन् २०१३ को डिसेम्बरबाट विद्रोह सुरु भएको छ । सैनिक विद्रोहबाट सुरु भएको हिंसाले हाल सुडानबासीलाई आक्रमण गरिरहेको बताइएको छ ।
जारी द्वन्द्वको कारण एक लाख ५८ हजार सर्नसाधारण अझै पनि संयुक्त राष्ट्रसङ्घका विभिन्न शिविरमा बस्दै आएका छन् । तर उनीहरुलाई आवश्यक परेका वस्तुको उपलब्धता भने छैन । रासस/सिन्ह्वा