अम्मान, २९ असार । इराकमा पछिल्लो समयमा बढ्दै गएको अशान्तिप्रति चिन्ता व्यक्त गरिएको छ । इराकमा दुई हप्ताअघि भएको हिंसामा परी करिब ३०० जनाको ज्यान गएको थियो ।
यहाँ पछिल्लो समयमा दिनहूँजसो हत्या हिंसा हुने गरेको छ । त्यसैले इराकका मुस्लिम समुदायका नागरिकले शान्ति र विकासका लागि विश्व समुदायसँग आग्रह गर्ने गरेका छन् ।
इराकको शान्ति र पुननिर्माणका लागि सहयोग गर्न विभिन्न क्षेत्रबाट गत महिना पनि आग्रह गरिएको थियो । इराकको संरक्षण सबै अरेबियाली देशको कर्तव्य पनि भएको यस क्षेत्रका विज्ञ तथा व्यक्तिले जनाएका हुन् ।
अरब क्षेत्रका विज्ञ तथा अधिकारीहरुले इराकको पुनर्निर्माणका लागि सबै अरब राष्ट्रले सघाउनुपर्नेमा जोड दिएका हुन् । जसका कारण इराकमा केही सहयोग पुग्न सक्ने पनि अपेक्षा पनि गरिएको छ ।
अम्मानको सरकारी समाचार समिति पेट्राका अनुसार हालै अम्मानमा आयोजित एक कार्यक्रममा सहभागीले विभिन्न अरेबियाली देशका अधिकारी र विज्ञले सो आग्रह गरेका हुन् ।
केही दिनअघि मात्र सम्पन्न भएको पान अरब कन्फरेन्समा बोल्दै ती अधिकारीहरुले इराक पछिल्लो समयमा हिंसाको चपेटामा परेको भन्दै उसका लागि सहयोगको याचना गरेका हुन् ।
उनीहरुले इराकमा विगत लामो समयदेखि हिंसा जारी छ र जसका कारण त्यहाँको अवस्था प्रतिदिन जर्जर हुदै गएको छ भन्दै त्यसको पुनर्निर्माणका लागि पनि अरु अरबी देशको सहयोग आवश्यक रहेको जनाइएका छन् ।
इराकमा बिगत लामो समयदेखि जारी रहेको यस्तो हिंसाका कारण संरचनाहरु भत्किएका छन् भने तिनीहरुको निर्माण र त्यहाँका अरु सम्भावनासमेतको खोजीमा अरब विश्वको चासो हुनुपर्नेमा उनीहरुको जोड थियो ।
इराकमा कम्तीमा पनि २१ अरब अमेरिकी डलर बराबरको सहयोगको आवश्यकता रहेको र सो मूल्य बराबरको संरचनाको निर्माण प्रक्रिया पनि सुरु भएको बताइएको थियो ।
यस निर्माण प्रक्रियालाई सबै अरेबियाली देशको सहयोग आवश्यक रहेको उनीहरुले बताएका थिए । इराकलाई अझ विग्रन नदिनका लागि सबैको सहयोगको अपेक्षा गरिएको उनीहरुको बताएका छन् ।
इराकमा पछिल्लो समयमा सुन्नी र सिया मुस्लिम समुदायकै झगडाले हिंसा र प्रतिहिंसा फैलिइरहेको छ । साथै गएको वर्षयतादेखि त्यहाँ आइएसको पनि हिंसा सुरु भएको छ । रासस/एएफपी