हुम्ला, २४ असार । यही असार १२ गतेदेखि १५ गतेसम्म परेको अबिरल वर्षासँगै आएको बाढीले बराइँ गाविस अन्तर्गत वडा नं ७, ८ र ९ मा ५० रोपनीको जग्गामा लगाइएको अन्नबालीमा क्षति पु¥याएको छ ।
बाढीले रत्नबहादुर शाहीसमेत २१ परिवारको धान, कोदो चिनु, मकै र सिमीलगायतका बालीहरू बगाएको थियो ।
बाढीले आधुनिक घट्ट आठवटा, खानेपानीको ट्याङ्की चारवटा, ४० वटा गाईभैँसीसमेत बगाएको छ । सिँचाइको पानी ट्याङ्की पाइपमा समेत क्षति पु¥याएको छ ।
खानेपानीको अभावले गर्दा गाउँलेहरु दुई घन्टा टाढा खोलाको पानी खान बाध्य भएको जङ्गबहादुर शाहीले बताए ।
पत्रकारीताको अभिमुखीकरण तालिम सम्पन्न
नेपाल पत्रकार महासङ्को आयोजनामा छापा, अनलाइन तथा विद्युतीय पत्रकारितासम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
पत्रकार महसङ्घका केन्द्रीय सदस्य नवराज महताराले खोजमूलक पत्रकारिता लेखनको खाँचो औँल्याए ।
तालिमका सहभागीलाई प्रमाणपत्र गर्दै प्रमुख जिल्ला अधिकारी कष्णा घिमिरे र स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले तालिममा सिकेका कुराहरू व्यवहारमा ल्याउनुपर्नेमा जोड दिए ।
पत्रकार कलेन्द्र सेजुवालले पत्रकारिताको प्रशिक्षण दिएका थिए । तालिममा ४० जना पत्रकारको संलग्नता रहेको थियो ।
रासस