काठमाडौंं । अधिल्लो जेठ महिनामा मात्रै बिभिन्न जिल्ला भ्रमणका क्रममा ३१ लाख भन्दा बढि राज्यकोषबाट खर्च गरेका बर्तमान सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरुले फेरि जिल्ला भ्रमणका नाममा २० लाख भन्दा बढिको बील प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् । अघिल्ला महिना सहयोगी दुर्गादत्त शर्माले भुक्तानी पाउनेगरि ३४ हजार ३ सय ३० रुपैयाको बील पेश गरेका उप–प्रधानमन्त्री चित्र बहादुर केसीले यो महिना ७६ हजार ८ सय रुपैयाको बील पेश गरेका छन् ।
अधिल्लो महिना सहयोगी प्रमेश पोखरेलका नाममा ९४ हजार ७ सय १० रुपैयाको बील पेश गरेकी पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले १ लाख ७ हजार १ सय १० रुपैयाको बील पेश गरेकी छन् । सहरी विकास राज्य मन्त्री मञ्जु कुमारी चौधरीले सहयोगी शारदाकुमारी दनुवारका नाममा भुक्तानी पाउने गरि ७३ हजार ९ सय ८० रुपैयाको बील पेश गरेकी छन् । त्यसैगरि वाणिज्य मन्त्री जयन्त चन्दले कैलाली जिल्ला भ्रमण खर्च वापत सहयोगी गणेश सिंह विष्टका नाममा भुक्तानी लिने गरि १ लाख ३ हजार ६ सय ७० रुपैयाको बील प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् ।
अघिल्लो महिना सहयोगी पारुहाङ राईले भुक्तानी पाउने गरि आजको मितिमा ३ लाख ५७ हजार ८ सय ५० रुपैयाँको बील दाबि गरेको सुचना तथा संचार प्रविधि मन्त्री शेरधन राईले ९९ हजार ७ सय १५ रुपैयाको बील पेश गरेका छन् । त्यस्तै अघिल्लो महिना सहयोगी भागवत प्रसाद चौधरीका नाममा भुक्तानी हुने गरि २९ हजार १ सय ३० रुपैयाको बील पेश गरेको युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले यो पटक १ लाख २२ हजार २ सय ८० रुपैयाको बील पेश गरेका छन् ।
राज्यको ढुकुटी सम्हालेर बसेको अर्थ मन्त्री श्री विष्णुप्रसाद पौडेलले अघिल्लो महिना ५६ हजार ६ सय ८० पेश गरेका थिए भने यो पटक ४७ हजार ३ सय १० रुपैयाको, खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले २ लाख ६७ हजार ४ सय ४० रुपैयाँ, खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले ४० हजार २ सय ५० रुपैयाको, श्रम तथा रोजगार मन्त्री श्री दिपक बोहरा ९८ हजार ८ सय ८० रुपैयाको बील पेश गरेका छन् । अघिल्लो महिना खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले सहयोगी राधेश्याम यादवले भुक्तानी पाउने गरि ४० हजार ५ सय रुपैयाँको, श्रम तथा रोजगार मन्त्री दिपक बोहराले सहयोगी धर्मबहादुर के.सी.का नाममा भुक्तानी हुनेगरि ४६ हजार ४ सय ८० रुपैयाँको बील पेश गरेका थिए ।
भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री विक्रमबहादुर थापाले विभिन्न जिल्ला भ्रमणका नाममा १ लाख १९ हजार ८ सय ८० रुपैयाको बील पेश गरेका छन् । अघिल्लो महिना उनले भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री विक्रमबहादुर थापाले सहयोगी केदारबहादुर धमलामार्फत भुक्तानी पाउने गरि १ लाख ३ हजार १ सय २० रुपैयाको बील पेश गरेका थिए ।
संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशम बहादुर लामाले ३ लाख १४ हजार ६ सय ५० रुपैयाको, कृषि विकास मन्त्री हरिवोलप्रसाद गजुरेलले २ लाख १५ हजार २ सय ९५ रुपैयाको, उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ३ लाख ५ हजार ९ सय २० रुपैयाको र उद्योग मन्त्री सोमप्रसाद पाण्डेले ३ लाख १३ हजार ८ सय १५ रुपैयाको बील भुक्तानीका लागि प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् ।
उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीको २ लाख ४४ हजार २ सय २५,सामान्य प्रशासन मन्त्री रेखा शर्माको १ लाख ८९ हजार २ सय ४०, शान्ति तथा पुननिर्माण मन्त्री एकनाथ ढकालको २ लाख ७३ हजार ४ सय २५ रुपैयाको बील प्र्रधानमन्त्री कार्यालयमा पेश भएको छ ।
अघिल्लो महिना उपप्रधानमन्त्री तथा मन्त्रीहरुको जिल्ला भ्रमण वापत राज्यकोषको ३१ लाख ३८ हजार ९ सय १० रुपैया खर्च गरेका थिए भने यो पटक २० लाख ३९ हजार ५ सय ५५ रुपैया खर्च गरेका छन् । यसरी राज्यकोषबाट अनुगमन मूख्यांकन खर्चका नाममा रकम असुल्नेहरुमा बढि एमाले निकटमन्त्री रहेका छन भने शक्तीशाली मन्त्री तथा राज्यमन्त्रीहरुले पनि ठुलो परिणाममा रकम असुलेका छन् ।
प्रकाशित मिति: २३ असार २०७३, बिहीबार १६:१४