काठमाडौ, २३ असार – राष्ट्रिय वाणिज्य बैंक क्षेत्रिय कार्यालय विराटनगरका चार्टड एकाउन्टेन्ट कृष्ण साहको अपहरणका लागि सुनसरीका दुहवीभलुवामा रहेको आईएमईमा लुटपाट गरिएको खुलेको छ ।
२ वर्षअघि गरिएको अपहरणका लागि रकम जम्मा पार्न घटनामा संलग्नले त्यसको नौ दिन पहिले आईएमई लुटपाट गरेको प्रहरीले पत्ता लगाएको हो ।
सुनसरीको दुहवीभलुवा नगरपालिका ४ घर भएका ३४ वर्षीय साहलाई २०७१ साल जेठ २१ गते विराटनगरस्थित कार्यालयबाट घरतर्फ जाँदै गर्दा मोरङको छर्कीसिवनवारीबाट अपहरण गरिएको थियो ।
दुहवीभलुवा ४ मा राजकुमार भटेराईले सञ्चालन गरेको समय ट्राभल्स एन्ड टुर्स आईएमईमा २०७१ साल जेठ १२ गते दिउँसो लुटपाट भएको थियो ।
आजको अन्नपूर्णमा खबर छ ।