काठमाडौंँ, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताए ।
नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पु¥याउन वर्तमान सरकार कटिबद्ध छ भने ।
प्रधानमन्त्री ओलीले मुलुकमा आन्दोलनको औचित्यता समाप्त भइसकेको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि एकताको खाँचो आँैल्याए ।
कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध हुन आग्रह गर्दै अहिले नेपालीले विवेकको प्रदर्शन गर्ने समय आएको बताए ।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले एकापसमा सहमति र सहकार्यबाट मात्र राजनीति सङ्क्रमण अन्त हुने बताए । नेकपा ९माओवादी केन्द्र०का सचेतक हितराज पाण्डेले संविधानको सफल कार्यान्वयनले मात्र मुलकको भविष्य निर्देश गर्ने बताए ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार मधेसका माग समाधानमा अग्रसर नभएको आरोप लगाए ।
भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको विकास स्वयम् नेपालीले नै गर्ने हँुदा यहाँका जनता र राजनीति पार्टीबीच देखिएको मतभेद अन्त्य गर्दै सहमति र सहकार्यको बाटो अवलम्बन नै संविधान कार्यान्वयनको महत्वपूर्ण कडी भएको बताए । भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्माले नेपाल र भारतको सम्बन्ध अनुपम रहेको उल्लेख गर्र्दै नेपालीले नकारात्मक सोचाइभन्दा सकारात्मक चिन्तन गर्नुपर्ने समय आएको बताए ।
आम आदमी पार्टी भारतका नेता प्रणीव कुमारले विकास आपसी मतभेदबाट नभई एकताबाट मात्र सम्भव छ भने ।
परिवार दलले आफ्नो घोषणापत्रमा शान्ति, एकता र विकासलाई मूल आधार बनाएको छ । महाधिवेशनमा देशभरका एक हजार १०० प्रतिनिधिको उपस्थिति छ ।
‘असल परिवार समृद्ध नेपाल, अग्रगामी लोकतन्त्र हाम्रो मूलमन्त्र’ भन्ने नाराका साथ सुरु भएको र परिवार दलका अध्यक्ष तथा शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालको सभापतित्वमा भएको महाधिवेशनमा बङ्गलादेश र श्रीलङ्काका विभिन्न दलका प्रतिनिधि तथा युनिभर्सल पिस फेडरेसनका प्रमुख व्यक्तिको सहभागिता थियो ।
महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन बुधबारसम्म सञ्चालन हुनेछ । रासस