जाजरकोट, २० असार ।
जिल्ला पशु सेवा कार्यालय जाजरकोटले बर्डफ्लु तथा जुनोसिस रोगवारे एक दिने अन्तरक्रिया गोष्ठीको लागि सोमबार विहान ७ बजे सरोकारवालाहरुलाई जिल्ला विकास समितिको सभाहलमा
कार्यक्रमको अध्यक्षता गर्ने स्थानीय विकास अधिकारी ईन्द्र गौतम र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम त्यही समयमा जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यशालाको क्रमशः अध्यक्षता र प्रमुख अतिथिको आशन ग्रहन गरिरहेका थिए ।
यता पशु विकास अधिकृत कपिलप्रसाद उपाध्याय सहभागीलाई एकै छिन धैर्य गर्नुस है एलडिओ र सिडिओ साप आउँदै हुनुहुन्छ, लगतै उपाध्यायले सिडिओ र एलडिओलाई फोन गरेर भने, ‘सर यहाँ सहभागी अत्तिसके छिटो आउनु पर्यो मैले एक हप्ता अघि नै हजुरहरुसँग समय मागेको थिएँ ।’ उताबाट जवाफ आयो नआत्तिनुहोस् हामी १५ मिनेट भित्र आईपुग्छौ । सिडिओ र एलडिओ शिक्षाको कार्यक्रममा एक छिन बसेर पौने आठ बजे आईपुगेपछि कार्यक्रम शुरु भयो । हतार हतारमा तीन ओटा कार्यपत्र प्रस्तुत गरियो टिप्पणी पनि हतारमै भयो ।
कार्यक्रम सकिनै लागेको थियो, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. राजेन्द्र जिसीले समय भाग्दै भने, ‘सुर्तिजन्य पदार्थको असरबारेमा गोष्ठिको आयोजना गरेका छौ सभाहलमा उपस्थित सवै बसिदिनुहोला यही फोरमलाई उपयोग गर्ने विचार गरेका छौ ।’
त्यतिवेलै नेकपा एमालेका अध्यक्ष करवीर शाहीले अस्ति पनि यस्तै गर्नु भो आज पनि अर्का कार्यालयले बोलाएको कार्यक्रम उपयोग किन गर्नु पर्यो अर्को दिन बोलाउनुहोस् । स्वास्थ्य प्रमुख डा. जिसीले प्रतिउत्तरमा भने के गर्ने हजुर सिडिओ र एलडिओ सावको टाईम मिल्दैन । अनि प्रमुख जिल्ला अधिकारी गौतमले भने अहिले गर्नुहोस आईन्दा यस्तो नगर्नुहोला । सुर्तिजन्य पदार्थको सेवन सम्बन्धि प्रस्तुतीकरण हुँदै थियो । यता पशु सेवा कार्यालयका कर्मचारी भत्ता बाँड्न र सही गराउन ब्यस्त थिए । सहभागीको ध्यान कार्यक्रममा भन्दा भत्ता बुझ्नामै थियो ।
चार घण्टाको अवधिका ३ ओटा कार्यक्रम सकिए । ती सवै एक दिने कार्यक्रम हुन् । स्थानीय विकास अधिकारी गौतमले कहिले काँही त एकै दिनमा ६, ७ कार्यक्रम तथा बैठक भ्याउनु पर्छ । स्थानीय विकास अधिकारीलाई जिल्ला स्थित एक सय भन्दा बढी समितिको अध्यक्ष रहने गरी तोकेको छ । ‘कुन कुन समितिको अध्यक्ष छु पुरै मलाई नै थाह छैन स्थानीय विकास अधिकारी गौतमलाई सय बढी समितिको अध्यक्षता गर्नु पर्ने, विभिन्न विषयगत कार्यालयहरु सवैको समिक्षा लगायतका कार्यक्रमको अध्यक्षता गर्नु पर्ने भएकोले विहान उठे देखि बेलुका अवेर सम्म फुर्सद नै हुदैन ।’ उनले भने, ‘अझ त्यस माथि असार महिना । अरु महिना पनि प्रायः विजी नै भईन्छ असारमा त कुनै नगरौ खान खाने समेत फुसर्द हुदैन ।’
दिनमा कार्यालयको काम गर्नु पर्ने भएकोले गोष्ठी र बैठक विहान बेलुका राख्न निर्देशन दिएको उनले बताए । जिल्ला विकास समितिको सभापतिको भूमिका पनि स्थानीय विकास अधिकारीले नै निर्वाह गर्नु परेकोले पनि उनलाई कामको चाप निकै बढेको हो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारीलाई पनि हरेका समितिको सदस्य र विभिन्न कार्यक्रममा प्रमुख अतिथि बनाईने भएकोले उनलाई पनि यति वेला भ्याईनभ्याई छ । जिल्लामा शान्ति सुरक्षा देखि विकास निर्माणको अनुगमन, अख्तियारको काम, सभागोष्ठीले विहान उठे देखि वेलुला सम्म फुर्सद नै नहुने प्रमुख जिल्ला अधिकारी गौतमको भनाई छ ।
नागरिकता लगायतका कतिपय कामको जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई दिएकोले पनि अलि सजिलो भएको महसुस गरेको छु यतिवेला असारे कार्यक्रमको निकै चाप छ, उनले भने ।
जाजरकोटामा भएका यी कार्यक्रम प्रतिनिधि मुलक मात्र हुन्, आर्थिक वर्ष सकिने अवस्थामा धेरै जसो जिल्लामा यस्तै अवस्था हुन्छ, असारको महिनामा । स्थानीय निकायमा लामो समय देखि जनप्रतिनिधि रिक्त रहेको कारण पनि यस्तो समस्या आउने गरेको आम धारणा रहेको पाइन्छ ।
प्रकाशित मिति: २० असार २०७३, सोमबार १८:५४