मुम्बई । हलिउडवाट मिलेको सफलताले उत्साहित प्रियंका चोपडाले भाग्य बलियो भएकाले हलिउडमा काम पाएको प्रतिक्रिया दिएकी छिन् ।
एक पत्रिकासँग कुरा गर्दै उनले जीवनमा वारेमा खुलेर कुरा गरेकी छिन् । ‘म कहिल्यै डेटिङ गइन तर, सम्बन्धमा रहेा’ उनले भनेकि छिन् ‘जोसुकैसँग डेटिङ जानुलाई भारतमा राम्रो मानिदैन त्यसकारण म कहिल्यै डेटिङ गइन’ ।
सम्बन्धमा रहादा केटा केटी एक अर्काप्रति जिम्मेवार हुने भएपनिडेटिङमा जिम्मेवारी बोध नहुने उनको बुझाई छ । तर, पनि डेटिङमा रमाउन उनी असाध्यै आतुर छिन् । ‘हे भगवान म कहिले डेटिङमा रमाउन पाउाछु होला । डेटिङमा रमाउन आतुर छु’ उनले भनिन् ।
अहिले हलिउड फिल्ममा काम गरिरहेकी प्रियंका भन्छिन् ‘हलिउडको काम गर्ने शैलि बलिउडको भन्दा निकै फरक छ’ यति हुँदा हुादै पनि भारतीय कलाकारलाई अवसर धेरै भएको उनको बुझाई छ । ‘धेरै फिल्ममा भारतीय कलाकारले ब्रेक पाउन सक्छन्’ प्रियंकाले भनिन् ।
उनले आफु रिलिेशनमा रहे पनि डेटिङमा रमाउन नपाएको प्रसंग उठाएपछि उनको सम्बन्ध वारे पनि चर्चा सुरु भएको छ मिडियामा । उनको रिलेशन कोसँग कस्तो थियो । एकछिन हेरौंः
अहिले सिंगल छिन् प्रियंका तर, मोडलिङमा संलग्न भएको वेला असीम मर्चेन्टसँग डेटिङमा रहेको चर्चा थियो । तर, मिस वल्डको टाइटल जितेपछि प्रियंकाको ब्रेकअप भएको थियो ।
चलचित्र ‘अन्दाज’ को सुटिङको क्रममा प्रियंकाको नाम सबै भन्दा पहिले विवाहित पुरुष अक्षय कुमारसँग जोडिएको थियो । प्रियंकाकै कारण अक्षय र ट्वीकलको सम्बन्धमा समस्या उत्पन्न भएको समेत सुन्नमा आएको थियो । तर, पछि अक्षय र प्रियंका आफै टाढिए ।
लभ स्टोरी २०५० को सुटिङको क्रममा प्रियंकाको नाम हरमन बावेजासँग पनि जोडिएको थियो । तर, पछि प्रियंका शाहिदसँग नजिकिएपछि हरमनसँग सम्बन्ध टुटेको थियो ।
शाहरुख प्रियंका अफेयर
शाहरुख खान प्रियंका चोपडाको अफेयरको प्रसँगले मिडिया मात्रै हैन सिंगै फिल्म उद्योग तातेको थियो एक समय । प्रियंकाकौ कारण शाहरुख गौरीको सम्बन्धमा समेत चिसो पना देखिएको थियो । अन्तिममा गौरिले शाहरुखलाई प्रियंकासँग कहिल्यै काम नगर्न दवाब दिइन ।
प्रकाशित मिति: २० असार २०७३, सोमबार १४:५९