मोरङ, २० असार ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मोरङका विभिन्न गाविसलाई धुवाँमुक्त बनाउन सुधारिएको चुलो वितरण गर्न थालेको छ ।
जिल्ला विकास समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार बारङ्गी गाविसका ६ र ८ नम्बर वडामा यो वर्षमा २६० परिवारलाई सुधारिएको रकेट चुलो वितरण गरिएको छ ।
जिविसको रु दुई लाख ६० हजार, गाविसको रु ५२ हजार तथा स्थानीय उपभोक्ता समितिको सहयोगमा चुलो वितरण गरिएको जिविसका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए।
धुवाँ नआउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सजिलो चुलो वितरण गरेर गाउँलाई नै धुवाँमुक्त बनाउन अभियानमा जिविस लागेको सिंहको भनाइ छ । सो गाविसको अन्य वडामा सुधाारिएको चुलो वितरण भइसकेको छ । एउटा रकेट चुलोको रु एक हजार ४०० पर्दछ । दाउराको खपत कम गर्न चुलो महत्वपूर्ण हुने जनाइएको छ ।
रङ्गेली नगरपालिका पूर्ण खोप सुुनिश्चित घोषणा
रङ्गेली नगरपालिकालाई आइतबार पूर्ण खोप सुुनिश्चित नगरपालिका घोषणा गरिएको छ । रङ्गेली नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप नगरपालिका घोषणा गरेको हो ।
गत आवमा जन्मेदेखि २३ महिनासम्मका ७२९ जनामध्ये शतप्रतिशत बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप घोषणा गरिएको हो । योसहित मोरग जिल्ल्लामा एक उपमहानगरपालिका, दुुई नगरपालिका तथा ३३ वटा गाविसलाई पूर्ण खोप घोषणा गरिएको छ ।
सो अवसरमा २०४६ सालदेखि कार्यरत २७ जना महिला स्वयम्सेविका, टकुुवा तथा आमगाछी स्वास्थ्य चौकी साथै स्वास्थ्यकर्मी, कर्मचारीलाई कदरपत्र तथा सम्मान गरिएको थियो ।
रासस
प्रकाशित मिति: २० असार २०७३, सोमबार ०८:३७