दाङ, ११ असार ।
यहाँ छ महिनाका अवधिमा ९५ मानवाधिकार उल्लङ्घनका घटना भएको एक तथ्याङ्कले जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले शुक्रबार घोराहीमा गरेको ‘मानवाधिकार वर्ष पुस्तक’मा समेट्नुपर्ने विषयवस्तुका बारेमा गरिएको अन्तक्र्रियामा इन्सेक प्रतिनिधि जेएन सागरले सन् २०१६ जनवरीदेखि जुन महिनासम्ममा सबैभन्दा बढी महिला हिंसाका ४८ घटना भएकामा ३५ वटा घरेलु हिंसाको भएको जानकारी दिए ।
त्यसैगरी २१ वटा बलात्कारका घटना भएका छन् । त्यसमा १९ वटा जबर्जस्ती करणी र दुइटा जबर्जस्ती करणी उद्योगका घटना भएको बताइएको छ । तीमध्ये जबरर्जस्ती करणीको मुद्दा आर्थिक लेनदेनमा मिलापत्र भएको तथा पाँच मुद्दाका अभियुक्तलाई अदालतले पाँचदेखि १३ वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको सजाय सुनाएको छ ।
त्यसैगरी हिरासतमा यातना, बोक्सीको आरोप, जन्मदर्ता, छुवाछुत, अपहरण र ज्यान मार्ने धम्की एक एक, हत्या, सम्पत्ति तोडफोड, आगजनी, बन्द हड्ताल तीन तीन, सम्बन्धबिच्छेद र दुव्र्यवहार दुई दुई, बन्दी तथा तालाबन्दी पाँच लगायत छन् ।
कार्यक्रममा वक्ताले अहिले पनि जिल्लामा मानवाधिकार उल्लङ्घनका घटना डरलाग्दो अवस्थामा रहेकामा चिन्ता व्यक्त गरेका थिए ।
रासस
प्रकाशित मिति: ११ असार २०७३, शनिबार १४:०४