मेक्सिको सिटी, असार ९ । सुदूर दक्षिण अमेरिकी वा क्यारेबियन राष्ट्रका नामले विश्वमा परिचित हैटीमा आगामी अक्टोबर नौ तारेखका दिन हुने भनिएको राष्ट्रपतीय निर्वाचनमा दुई दर्जनभन्दा बढी उम्मेदवार उठ्ने देखिएका छन् ।
उम्मेदवारी दर्ताका लागि बुधबार मध्यरातसम्म अन्तिम म्याद तोकिएकोमा यस समयावधिमा यस सङ्ख्या अझै नाघ्ने पनि हैटीको सञ्चार माध्यमहरुले अनुमान गर्दै बुधबार दिउँसो उक्त जानकारी दिएका हुन् ।
यसअघि भएको राष्ट्रपतीय निर्वाचनमा अधिक मत प्राप्त गरेका उम्मेदवारहरु जुभिनेल म्वाइस, जुडि सेलेस्टिनलगायत चार जनाले आफ्ना नाम भने पहिल्यै दर्ता गराइसकेका छन् ।
तत्कालीन अवस्थामा निर्वाचन भए ता पनि भ्रष्टाचार र धाँधली गरिएको आरोपमा बीचैमा गहिरो राजनीतिक मतभेद र गडबडी उत्पन्न भई राष्ट्रपतिको नाम घोषणा हुन पाएको थिएन ।
सबै पार्टीहरुले ऐक्यबद्धता जनाएकाले अहिलेको संयुक्त प्रयासले पहिलाको जस्तो चरम भ्रष्टाचार र जालसाजीपूर्ण निर्वाचन परिपाटीको अन्त्य गर्दै सच्चा प्रजातन्त्र र स्थायित्वको पथमा राष्ट्रलाई डोऱ्याउनेछ” पहिलेको निर्वाचनमा दोश्रो स्थान हासील गर्न सफल उम्मेदबार जुडि सेलेस्टिनले सञ्चार माध्यमलाई आफ्नो प्रतिक्रिया दिए ।
गत फेब्रुअरीमा हैटीका सांसदहरुले राष्ट्रिय सभाका अध्यक्ष जोसेलर्मे प्रिभर्टलाई चार महिनाका लागि मुलुकको कामचलाउ राष्ट्रपतिका रुपमा निर्वाचित गरेका थिए । हाल मुलुक औपचारिक राष्ट्रपतिबिहीनताको अवस्थाबाट चलिरहेको छ ।
सफा प्रजातान्त्रिक अभ्यासद्वारा निर्वाचित प्रथम राष्ट्रपति जिन बट्र्रान्ड अरिस्टाइडलाई अमेरिका समर्थित सैनिक बिद्रोहीले सन् २००४ मा अपदस्थ गरेयता मुलुकले चरम राजनीतिक अस्थिरता भोगिरहेको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: ९ असार २०७३, बिहीबार २०:००