क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले हंगेरीसँग बराबरी खेलेको छ र युरो २०१६ को नक आउट चरणमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा हंगेरी र पोर्गुगलले ३-३ को बराबरी खेलेका छन् । बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह फएको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो ।
तर, तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको छ । अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ ।
खेलमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगलले तीन पटक नै कमब्याक गर्यो ।
हंगेरीले १९ औं मिनेटमा जेराको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर रोनाल्डोको पासमा नानीले बराबरी गोल फर्काए ।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै हंगेरीले फेरि अग्रता लियो । तर, ५० औं मिनेटमा रोनाल्डाले उत्कृष्ट वान टच गोल गरे । त्यसको पाँच मिनेटपछि नै फेरि हंगेरी गोल गर्न सफल भएको छ ।
तर, ६२ औं मिनेटमा रोनान्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरमिा पुर्याए र पार्चुगल समूह चरणबाटै बाहिरिन जोगिएको छ ।
प्रकाशित मिति: ९ असार २०७३, बिहीबार ०८:०२