सिन्धुली, असार ८ । जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसानलाई जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
दुई वर्षदेखि जुनारमा रोग देखिएपछि कार्यालयले किसानलाई यस्तो आग्रह गरेको हो । बेलैमा रोकथामको उपाय गरे फलमा सङ्क्रमण नहुने भएकाले बगैँचाको रेखदेख र व्यवस्थापन गर्न किसानलाई आवश्यक परामर्श र बगैँचा व्यवस्थापनमा चाहिने आवश्यक सामाग्री निःशुल्क वितरण गरेको कार्यालयका कृषिप्रसार अधिकृत विजय मण्डलले जानकारी दिए ।
‘मिनाकश’ नामको किराले माटोमुनी फूल पार्ने र त्यसबाट लार्भा उत्पादन भई फल कुहाउने गरेको छ । लार्भा विकसित भई वयस्क अवस्थामा आएपछि यसले जुनार फलमा किरा पार्छ । बेलैमा बगैँचा व्यवस्थापन गरेमा यसबाट किसानले मुक्ति पाउने मण्डल बताउँछन् । कार्यालयले मिनाकश जातको किरा मार्ने अभियान जारी राखेको छ । जुनारमा देखिएको रोगकिराका कारण रु ६० लाखको लागानीमा निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा आउन नसकेको बताइएको छ । रासस