काठमाडौं ।
उत्तरी आयरल्याण्ड युरो कप २०१६ को नाकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ ।
उत्तरी आयरल्याण्ड १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेल्दैछ र उसले अब नकआउट चरण्मा वेल्स र फ्रान्स मध्ये एक प्रतिद्वन्द्वी पाउनेछ ।
समूह सीमा रहेको समूह चरणको अन्तिम खेलमा मंगलबार राति जर्मनीसँग १-० ले पराजित भएको थियो । र, ३ अंकसहित तेस्रो स्थानमा छ ।
तर, तेस्रो स्थानमा रहेको एक उत्कृष्ट टिमका रुपमा नकआउट चरण पुगेको छ । यो पटक युरो कपमा समूह विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिमले नकआउट चरणमा स्थान बनाउनेछ ।
यस अनुसार स्लोभाकिया स्वत उत्कृष्ट चारमा परेको छ । समूह बीको तेस्रो स्थानमा रहेको उसको चार अंक छ । उत्तरी आयरल्याण्ड, टर्की र अल्बानियाको समान ३/३ अंक छ ।
तर, गोल अन्तरका आधारमा उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा छ । चेक रिपब्लिकमाथि टर्कीको जितले उत्तरी आयरल्याण्डलाई अन्तिम १६ मा पुर्यायो । समान अंक भएपनि गोल अन्तरमा टर्की पछाडि रहृयो । यदि चेक रिपब्लिक जितेको भए उसको चार अंक हुन्थ्यो र उत्तरी आयरल्याण्ड पछि पर्ने थियो ।
अब तेस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुग्ने दुई टोलीको टुंगो लाग्न बाँकी छ । किनकी समूह ई र एफको समूह चरणको अन्तिम खेलहरू बाँकी छ ।
अहिलेसम्म युरोकपबाट रोमानिया, रसिया, चेक रिपब्लिक र युक्रेन बाहिरिएका छन् ।
प्रकाशित मिति: ८ असार २०७३, बुधबार ०८:०१