काठमाडौं । स्वीडेनका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिचले युरोकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।
समूह ईमा रहेको स्वीडेनले बेल्जियमसँग बुधबार खेल्दैछ, र यो आफ्नो देशका लागि इब्राहिमोभिचको अन्तिम खेल हुनसक्छ ।
३४ वर्षे फुटबलरले उनले भनेका छन्, ‘मैले जे पाएँ, त्यसप्रति गर्व छ ।’
उनले देशका लागि कीर्तिमान ६२ गोल गरेका छन् । तर, यो युरो कपमा उनको प्रदर्शन अपेक्षा गरिए अनुसार भएन । स्वीडेनले इटलीसँग हार व्यहोरेको थियो भने रिपब्लिक अफ आयरल्याण्डसाग बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेल खेल्नु अघि स्वीडेन एक अंकसहित समूहको तेस्रो स्थानमा छ ।
यो समूहबाट इटली नकआउट चरण पुगिसकेको छ । बेल्जियमको ३ अंक छ । र, अघिल्लो चरण प्रवेशका लागि स्वीडेनले बेल्जियमलाई हराउनै पर्ने दबाव छ, जुन सहज छैन ।
युरोमा अपेक्षाकृत प्रर्दशन नभएपनि स्वीडेनले इब्राहिमोभिच रियो ओलम्पिकमा पनि हुने अपेक्षा गरेको थियो । तर, उनले सन्यासको घोषणा गरेका छन् ।
प्रकाशित मिति: ८ असार २०७३, बुधबार ०७:५८