विराटनगर, ४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्प कमल दाहालले संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचन र पुनःनिर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले राष्ट्रिय सहमतिको सरकारले मात्र मुुलुुकको समस्या समाधान गर्ने भएकाले यसका लागि सबै दल मिलेर अघि बढ्नुुपर्नेमा जोड दिए ।
उनले मधेसको समस्या समाधान नगरिकन निर्वाचनको वातावरण बन्न नसक्ने भएकाले निर्वाचनका लागि नेपाली काँग्रेस र मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
उनले निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुुन बनाउनुपर्ने, कतिपय ऐनको संशोधन गर्नुपर्ने भएकाले मुुख्य दलहरुबीच सहमति आवश्यक रहेको स्पष्ट पारे ।
स्थानीय निकायको निर्वाचन हुनुपर्ने विषयमा आफुहरुको कुुनै विमति नभएको भन्दै अध्यक्ष दाहालले निर्वाचनको तिथिको घोषणासँगै निर्वाचन सम्पन्न गर्न वातावरण तयार गर्न सरकार गम्भीर हुुनु जरुरी रहेको उल्लेख गरे ।
पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले मधेसी मोर्चाले भनेजस्तो संविधान पुुनःलेखन सम्भव नभएको स्पष्ट पारे ।
मधेसको समस्या समाधान गर्न संविधान संशोधन गर्न सकिने उल्लेख गर्दै उनले संविधान पुुनःलेखन गर्न खोजिए अहिलेको संविधान रद्ध हुुने र मुुलुुक खतरनाक अवस्थामा पुग्न सक्ने भएकाले यस्ता विषय नउठाउन मधेसी मोर्चालाई आग्रहसमेत गरे । रासस