खबरइरा संवाददाता
अस्ट्रेलिया, ३ असार ।
नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को हप्ता अस्ट्रेलिया भ्रमणमा आउने भएका छन् । उनी एक हप्ते भ्रमणमा अस्ट्रेलिया आउन लागेका हुन् । भ्रमण तालिका अनुरुप जुन २३ तारिख मेलवर्नमा उत्रने प्रचण्डले त्यहाँको नेपाली समाजसँग भेटघाट गर्ने छन् भने २४ तारिख सीड्नी आइपुग्ने भएका छन् ।
नेकपा माओबादी केन्द्रको भात्रृ संगठन नेपाली जनप्रगतीशिल मन्चको तेस्रो अधिवेशनको सीलसीलामा अस्ट्रेलिया आउन लागेका प्रचन्डले यो भेटघाटलाई औपचारिक अनौपचारिक रुपमा बिताउने छन् ।
विहीबार नेपाली समाज अस्ट्रेलियाको बैठकले उनको भ्रमण व्यक्तिगत भएपनि पूर्व प्रधानमन्त्रीको हैसीयतले यहाँको नेपाली समाजले उनलाई सामुहिक रुपमा आफ्ना भावना पोख्ने निर्णप गरेको छ । जनप्रगतीशित मन्चले आयोजना गरेको भ्रमण बैठकमा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पार्टीको कार्यक्रम भएपनि नेपालको पूर्व प्रधानमन्त्री र सत्तासिन दलका नेताको हैसियतले पनि अस्ट्रेलियाबासीकोतर्फवाट केही औपचारिक बुँदागत माग प्रस्तुत गर्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेको भातृ संगठन ओएनएफका अध्यक्ष रमेश पाण्डेले स्थानीय नेपालीको समसामयिक समस्या र नेपालको हैसियत र लगानीका बारेमा चासो राख्नुपर्ने बताए । पाण्डेले अगाडि भने, हाम्रा स्थानिय मुद्दाहरुको सम्वोधन गरिनुपर्छ ।
एनएडीएफका अध्यक्ष बालचन्द्र भटटराइले नेपालवाट आउने कुनैपनि राष्ट्रियस्तरका नेता नेपालका नेता भएकोले सबै नेपालीले त्यसको फाइदा लिनुपर्ने बताए । दल बिशेषको कार्यक्रममा भाग लिन आएपनि नेपालवाट आउने राष्ट्रिय नेतालाई स्वागत र सम्बोधन गर्नु हरेक कोइ नेपालीको दायित्व भएकोले यस्तो कार्यक्रमको आयोजना गरिनु पर्ने बालचन्द्रले सुनाए ।
कार्यक्रममा जनजातीकातर्फवाट गणेश तामाङले प्रचन्डको भ्रमण सबैको लागि स्वागतयोग्य भएपनि राजुदतावासले भने आफ्नो परराष्ट्रसम्वन्धी कर्तब्य पुरा नगरेको बताए । जनप्रगतीशिल मन्चको आयोजनामा भएको कार्यक्रममा एनअराएनका प्रवक्ता ज्ञानेन्द्र रेग्मी, मन्चका शेषमणी घिमिरे, सह संयोजक हिमलाल गैरे, सिड्नी युनिभर्सिटीका प्राध्यापक डा कृष्ण कुमार श्रेष्ठ, मोम बिश्वकर्मा लगायतले भ्रमणका बिषयमा आआफ्ना धराणा राखेका थिए ।
वक्ताहरुले नेपाली समाजका साझा धारणा नेपाली राजनितीक तहमा पुराउनका लागि यस्ता भ्रमणको सदुपयोग गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले रात्रीभोजको आयोजना समेत गर्ने भएको छ । प्रचण्डले स्थानीय राजनीतिक दलका नेता र भिन्न मुलुककमा राजदुतहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको मन्चका शेषमणी घिमिरेले बताए । भ्रमणका क्रममा प्रचण्डलाई यहाँको स्थानीय कृषि फार्म, विकास निर्माण र रेल तथा बसमा समेत यात्रा गराएर नौलो अनुभव साट्ने प्रयासमा आयोजक जुटेको कुरा मन्चका घिमिरे बताए ।
प्रकाशित मिति: ३ असार २०७३, शुक्रबार ११:४५