सुर्खेत, १ असार ।
पूर्व र पश्चिमका मध्य पहाडलाई सडक मार्गमा जोड्न निर्माण गर्न थालिएको पुष्पलाल–मध्यपहाडी लोकमार्ग निर्माणले गति लिन थालेको छ । सडकको ट्रयाक खुल्दै गरेको अवस्थामा दुई ठूला नदीमा पुल निर्माण पूरा भएसागै सडक निर्माणले गति लिन थालेको हो । चुरेको फेंदीबाट तराई छिचोलेर बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्प रुपमा निर्माण गर्न थालिएको मध्यपहाडी लोकमार्गको करिब १७ सय ७६ किलोमिटर ट्रयाक खुलिसकेको छ भने ठूला नदी तथा साना खोलामा पुल निर्माणको काम जारी छ ।
आगामी पााच वर्ष भित्रमा कालोपत्रेको ठेक्का गर्ने तयारी स्वरुप पुल तथा सडक निर्माणको काम भइरहेको पुष्पलाल–मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड दाङका डिभिजनल इन्जिनियर नारायण न्यूरेले जानकारी दिए । उनले जाजकारेटमा साढे ६ किलोमिटर चट्टान फोड्न काम बाहेक पश्चिम खण्डको ४ सय ३५ किलोमिटरमा ट्रयाक खुलिसकेको बताए ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत तीन ठूला नदी तमोर, भेरी र कर्णाली मध्ये तमोर र कर्णाली नदीमा पुल निर्माणको काम सकिएको छ भने भेरी नदीमा चालु आर्थिक वर्ष देखि निर्माण थालिएको छ । ठूला तीन नदी मध्ये जाजरकोट र रुकुमको सीमानामा पर्ने भेरी नदीमा ९८ मिटर लामो पुल निर्माण गर्न लागिएको सिनियर डिभिजनल इन्जिनियर न्यूरेले जानकारी दिए । उनले भेरी नदीको पुल तीन वर्ष भित्र पुरा हुने बताए ।
आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको बहुचर्चित पुष्पलाल–मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने काम पूरा भइसकेको छ । करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाा ट्रयाक खोलेर शुरु भएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बााडेर निर्माणको काम भइरहेको हो ।
पूर्वमा नेपाल–भारत सीमानाको पााचथर चियो भन्ज्याङबाट शुरु भएको पुष्पलाल–मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । जुन लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ ।
मध्य पहाडी लोकमार्गले पूर्वका पााचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ भने काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ । पुष्पलाल–मध्यपहाडी लोकमार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ ।
पुष्पलाल–मध्यपहाडी लोकमार्ग अन्र्तगत पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहर बसाउने सरकारी योजना छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत निर्माण गरिने सहरहरुमा पााचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरेनी गल्छी, तनहुाको डुम्रे भन्सार, बागलुङको बुतिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको सााफेबगर र बैतडीको पाटन रहेका छन् ।
प्रकाशित मिति: १ असार २०७३, बुधबार १२:४८