जेनेभा, ३२ जेठ । संयुक्त राष्ट्रसङ्घले सोमबार एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ, सन् २०१६ सम्ममा विश्वभर छ करोड मानिस भएको जनाएको छ । यसमा एक लाख ७० हजार शरणार्थीलाई यसैबर्ष पुनःबास गराउने राष्ट्रसङ्घको योजना छ ।
पछिल्लो समय कल्पना गरिएभन्दा ठूलो सङ्ख्यामा विभिन्न देशबाट मानिसहरु विस्थापित भएपछि आएको सङ्कट समाधान गर्ने उद्देश्यले राष्ट्रसङ्घले सो योजनालाई सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रसङ्घले सन् २०१६ का लागि प्रक्षेपण गरेको शरणार्थी सङ्कट समाधानको उपायअन्तर्गत थप सन् २०१५ को तुलनामा ३० हजार बढी आप्रवासी शरणार्थीले राष्ट्रसङ्घद्वारा उपलब्ध गराइने बासस्थानको सेवा पाउने छन् ।
तर यो सङ्ख्या सन् २०१७ मा शरणार्थी सहयोगको आवश्यकतामा रहनसक्ने अनुमानित जम्मा १० लाख १९ हजार शरणार्थी सङ्ख्याको १५ प्रतिशतमात्र हुनेछ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानित तथ्याङ्कअनुसार हाल विश्वभर छ करोड मानिस उनीहरुका घर छोडी शरणार्थी जीवन बाँच्न बाध्य छन् । रासस/एएफपी