काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समस्या समाधान गरेर सरकार संविधान कार्यान्वयनमा गम्भीरता देखाउनभन्दा एनजिओ पाल्ने र जनतालाई सपना बाँड्ने मात्र भएको बताएका छने । सगरमाथाको सात पटक सफल आरोहण गरेको ल्हाक्पा शेर्पालाई बुधबार सम्मान गर्दै कांग्रेस सभापति देउवाले असन्तुष्ट पक्षलाई समेटेर संविधान कार्यान्वयनको साटो जनतामा झुठा आश्वासन बाँड्न लागि परेको आरोप लगाए । संविधानप्रति असन्तुष्टी जनाउँदै आएका राजनीतिक दल र समुदायसँग वार्ता र सम्वादबाट समाधान गरि संविधान कार्यान्वयनमा जुट्नु नै अहिलेको पहिलो प्राथमिकता भएपनि सरकार त्यसतर्फ गम्भीर रहेको देउवाको भनाई थियो ।
‘संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नुछ प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्’, देउवाले भने, ‘मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेका छन् । यो झुटो आरोपले देश चल्दैन ।’ सभापति देउवाले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा सरकारले आफ्नो पार्टी निकट गैरसरकारी क्षेत्रमार्फत दुरुपयोग गर्न खोजेको आरोप लगाए । ‘पार्टी समर्थित एनजिओ मार्फत रकम बाँडेर दुरुपयोग गर्न खोजेको छ,’ देउवाले भने, ‘कांग्रेसलाई त्यो सैह्य हुँदैन, हामी जस्तो सुकै कदम चालन पनि तयार हुनेछौं ।’
कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयनको कुरा छाडेर प्रतिनिधिसभा निर्वाचनको कुरा गर्न थालेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा निर्वाचनको कुरा गर्न बताउन थालेको आरोप लगाउँदै पौडेलले भने– ‘गाउँँपालिका÷नगरपालिका र प्रदेशको चुनाव नगराइन प्रतिनिधिसभाको चुनाव हुँदैन, संविधानको समस्या हल नगरिकन एकै चोटी संसदको चुनाव गराउने संविधान विपरित कुरा हो ।’ सरकार मुलुकको समस्या समाधान गर्र्नतर्फ गम्भीर नरहेको गुनासो गर्दै पौडेलले भने, ‘एकै पटक प्रतिनिधिसभा निर्वाचन गराउन प्रधानमन्त्रीको कुराले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने छ ।’
प्रधानमन्त्री र सरकारको गतिविधिका विषयमा पार्टी केन्द्रीय समिति बैठक बसेर त्यसको समिक्षा जरुरी भएको पौडेलले बताए । संखुवासभाका मकालु गाविसका एकै परिवारबाट सगरमाथाको सफल आरोहण गर्ने लाक्पा शेर्पा, मिंमा गेलु शेर्पा र मिंमा किपा शेर्पालाई कांग्रेस सभापति देउवाले सम्मान गरेका थिए ।
प्रकाशित मिति: २६ जेष्ठ २०७३, बुधबार १४:४४