सुर्खेत, १० असार ।
सुर्खेतका स्थानीय तहले ७ अर्ब बढीको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० लागि यहाँका नौं वटै स्थानीय तह तहले कुल ७ अर्ब ४९ करोड ७३ लाख ७१ हजार ७९९ रुपैयाँको बजेट ल्याएका हुन् ।
जसमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी र चिङ्गाड गाउँपालिकाले सबैभन्दा कम बजेट ल्याएका छन् । वीरेन्द्रनगरले झण्डै दुई अर्ब बराबर अर्थात १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार ५००, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ ३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको हो । नगरपालिकाले बजेटमार्फत आगामी आर्थिक बर्षमा मंगलगढीचौक र यरिचौकमा आकाशे पुल बनाउने महत्वपूर्ण योजनाको घोषणा समेत गरेको छ ।
त्यस्तै चिङ्गाड गाउँपालिकाले कुल ३९ करोड ३८ लाख ९६ हजार ८४० रुपैयाँको बजेट ल्याएको छ । यो बजेट सुर्खेतका सबै स्थानीय तहको तुलनामा कम बजेट हो ।
त्यस्तै सिम्ता गाउँपालिकाले ५९ करोड ९५ लाख ३४ हजार र गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छन् ।
सुर्खेतकै लेकवेशी नगरपालिकाले कुल ७४ करोड ८७ लाख ९ हजार ५७ रुपैयाँको बजेट ल्याएको छ । विकास साझेदार संघसस्थाहरुको कार्यक्रमतर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रुपैयाँ बजेट ल्याएको नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पूँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ रुपैयाँ छुट्याएको छ ।
त्यसैगरी बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालु खर्चतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगत तर्फ २३ करोड ६ लाख ५० हजार बजेट छ ।
त्यसैगरी चौकुने गाउँपालिकाले ५७ करोड ६८ लाख ४४ हजारको बजेट ल्याएको छ । चौकुनेले शिक्षा र कृषिमा विषेश प्राथमिकतामा राखेर बजेट ल्याएको हो । त्यस्तैगरी भेरीगंगा नगरपालिकाले ६७ करोड ५ लाख सातसय ७९ रुपैयाँ र पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँको बजेट ल्याएको छन् ।
प्रकाशित मिति: १० असार २०७९, शुक्रबार १२:२४