मुगु । नेपालमा पर्यटकहरु भित्र्यााइ आर्थिक विकासमा टेवा पु¥याउने नेपाल सरकारको उद्देश्यलाई सफल पार्नको बुधबार रारा ताल किनारमा नेपाल भ्रमाण वर्ष २०२० शुभारम्भ गरिएको छ ।
छाँयानाथ रारा नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाया र छायाँनाथ रारा नगरपलिकाका नगर प्रमुख हरिजङ्ग शाहीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक पूर्ण बहादुर रोकायाले रारा तालको पर्यटन विकासको लागि सम्बन्धित सरोकारवाला निकायहरुले एकजुट भइ अघिबढ्नु पर्ने बताउनु भयो ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि रारामा २० हजार पर्यटकहरु भित्र्याउन आवश्यक पूर्वाधार निर्माणका लागि आधा करोड बजेट विनियोजन गरि तत्काल काम अघि बढाइने बताउनु भयो ।
सोही कार्यक्रममा नगर प्रमुख शाहीले रारा जाऊ अभियान अन्तर्गत नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, विराटनगरमा राराको प्रचार प्रसारका लागि कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
उपमेयर सुन्तला रोकायाले रारा तालको नाममा अन्यत्र जिल्लाका जनतालाई फाइदा भएपनि मुगाली जनताले केही नपाएको गुनासो गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पर्यटन विकासको लागि छायाँनाथ रारा नगरपालिका लगायत समन्वय समितिले बिशेष चासो लिएकोले अझै जिल्लाको विकासको लागि र नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि सबै पक्षय एकजुट हुनुपर्ने बताउनु भयो ।
रारा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत लाल बहादुर भण्डारीले जैविक विविधताले भरीपूर्ण रारा ताल र निकुञ्ज क्षेत्रको पर्यावरण जोगाइ राख्नको लागि स्थानीय जनता सजक हुनुपर्ने बताउनु भयो ।
सोही कार्यक्रममा नेकपाका प्रतिनिधि जित बहादुर मल्लले भ्रमण वर्ष सफल पार्नको लागि पूर्वाधारको विकास बिना नेपाल भ्रमण वर्ष २०२० सफल नहुने धरणा राख्नु भयो । नेपाली कांग्रेसका प्रतिनिधि सिंह बहादुर मल्लले साँच्चीकै नेपाल भ्रमण वर्ष सफल पार्नका लागि रारा राष्ट्रिय निकुञ्ज भित्र होटल संचालनका लागि अन्य व्यवसायीहरुलाई पनि निकुञ्जले अनुमति दिनु पर्ने बताउनु भयो ।
वडानं २ का वडाध्यक्ष परेकराज चौलागाई, नेपाल शिक्षक महांसंघ मुगुका अध्यक्ष जंग बहादुर शाही उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढा लगाएतका बक्ताहरुले बढी भन्दा बढी पर्यटक भित्र्याउनको लागि संबद्ध निकायले सडकको सुधार लगायत आवश्यक पूर्वाधार विकासमा जोड दिनु पर्ने बताउनु भएको थियो ।
नगर प्रमुख हरिजङ्ग शाहीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा रारा घुम्न आएका आन्तरिक पर्यटकहरुलाई खादालगाई स्वागत गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० को पूर्व संन्ध्यामा रारा स्थित श्रीदल गुल्मको आयोजनामा तालको पेरीफेरीमा नेपाली सेनाद्वारा सरसफाइको आयोजना गरिएको श्रीदल गुल्मले जनाएको छ ।
प्रकाशित मिति: १६ पुष २०७६, बुधबार २१:१५