अस्ट्रेलिया, १ असोज । नेपाली चलचित्र क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सफल नायक दयाहाङ राईको पछिल्लो चलचित्र बीर विक्रमको शुक्रबार सांझ सीड्नीमा इभेन्ट सिनेमामा भब्य प्रीमियर सम्पन्न भएको छ ।
दयाहाङ्ग राई संगै उनको फिल्म बीर विक्रमको रेड कार्पेट प्रिमियर शोमा सीड्नीका दर्शकको बाक्लो उपस्थिति रहेको थियो । जर्ज स्ट्रिटस्थित टाउन हलको ईभेन्ट सिनेमामा भएको सो प्रीमियरमा दयाहाङमा प्रशंसकहरुले उनलाई घेरेका थिए ।
चलचित्रलाई दर्शकहरुले मनपराएको आयोजक मध्येका एक रहेका गोविन्द भण्डारीले बताए । भण्डारीका अनुसार १७ सेप्टेम्बरमा ईभेन्ट सिनेमा बरउड, १८ सेप्टेम्बरमा ईभेन्ट सिनेमा हर्सभिलमा सांझ ६ बजेबाट बीरविक्रमको थप सो हरु हुनेछन् ।
चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र बीर विक्रममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, लगायतको मुख्य भूमिका रहेको छ । दयाहाङको यो पहिलो अस्ट्रेलिया भ्रमण पनि हो । ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी,रहेको चलचित्रमा राम कुमार केसीले छायांकन गरेका हुन् । चलचित्रलाई यम थापाले लेखेका हुन् भने सो चलचत्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
नमस्ते ईन्टरटेन्मेन्टको प्रस्तुतिमा सिड्नीमा विहीबार दयाहाङ राई “प्रेस मिट एन्ड ग्रिट”कार्यक्रम सम्पन्न भयो कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेस पोखरेल, एनएसडब्लु सचिव भुपाल सीटाैला लगायतले दयाहाडलाइ सम्मान गरेका थिए । । दयाहाडले नेपाली चलचित्रमा फरक सोच र अभियान सफल भएको बताए । उनले भने, हामीलाई दर्सकले रुचाइदीनु भयो, त्यही ठुलो कुरा हो । प्रवास र त्यसमाथीपनी अस्ट्रेलिया नेपाली चलचीत्रको ठुलो बजार भएको उनले जिकीर गरे ।
कार्यक्रममा चलचित्र बीर विक्रमको लागि सहयोग पुर्याउने विभिन्न संघ संस्थाहरुलाई दयाहाडले सम्मानपत्र प्रदान गरेका थिए । यस अघि दयाहाडले सीड्नीको बोन्डाइमा रहेको हाम्रो कलेज भिजीट गरेका थिए । दीपक खनालको सो कलेजमा दयाले नेपाली बिद्यार्थी तथा प्रसंसकलार्इ भेटेर सिकेको ज्ञान र धनलाइ मुलुकको नीर्माणमा लगाउन आग्रह गरे । कलेजका प्राध्यापक रवि पाैडेलले सीड्नीमा रहेको हाम्रो कलेजको बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार १०:३६