एजेन्सी । बलिउड स्टार सैफ अली खान र करिना कपुरलाई पुत्रलाभ भएको छ ।
करिनाले पहिलोपटक मंगलबार बिहान पुत्र जन्माएकी हुन् । पति सैफ यो सँगै तेस्रोपटक बाबु बनेका छन् । उनीहरूले नवशिशुको नाम तैमुर अली खान पटौदी राखेका छन् । सैफ यसअघि अमृता सिंहबाट २ सन्तानको पिता भइसकेका हुन् ।
अमृता र सैफको २००४ मा सम्बन्धविच्छेद भएपछि करिनासँग २०१२ मा विवाह गरेका थिए । सैफ–करिनाको उमेरअन्तर १० वर्षको छ ।
प्रकाशित मिति: ६ पुष २०७३, बुधबार ११:०२