काठमाडौं । नेपालमा काेराेना भाइरसका ८३५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५४० आरटीपीसीआर परीक्षण गरिएकोमा ८३५ जनामा सङ्क्रमणित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा दुई हजार ८१८ वटा एन्टीजेन परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार २३४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: २ आश्विन २०७८, शनिबार २०:४८